काठमाडौं– लिभिङ विथ आइसीटीद्वारा वार्षिक बार्षिक रुपमा आयोजना गरिँदै आएको आईसीटी अवार्ड २०२१ अन्तर्गत डिजिटल सर्भिसेज आइसीटी अवार्ड २०२१ को विधामा यस वर्ष नेपाल क्लियरिङ्ग हाउस लि(एनसीएचएल)लाई प्रदान गरी सम्मानित गरिएको छ।
पुस २ गते आयोजना गरिएको उक्त अवार्ड समारोहमा १२ वटा विधा रहेकोमा आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट व्यक्तित्व, संस्था एवम् प्रोडक्टलाई अवार्ड प्रदान गरिएको हो। जस अन्तर्गत डिजिटल सर्भिसेज को विधामा एनसीएचएललाई अवार्ड प्रदान गरिएको हो।
डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालनगरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदानहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ।
भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग अन्तर्बैंक विद्युतीय भुक्तानी र कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पुर्याउँदै आएको छ।
एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ। जसअन्तर्गत नेपाल सरकारको विभिन्न निकायहरु, संस्थानहरु, पुँजीबजार, बीमा, रेमिटेन्स, ठूला संस्थाहरु लगायतका विभिन्न रिटेल भुक्तानीका कारोबारहरुलाई सहजीकरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।