काठमाडौं– सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। अइतबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन छापावाला सुन ९३ हजार ६ सय तथा तेजाबी सुन ९३ हजार १ सय रुपैयाँमा प्रतितोलामा खरिद बिक्री भएको थियो।
यस्तै, आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।