काठमाडौं– काठमाडौंको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार पर्साको वीरगञ्ज महानगरपालिका–१५ बस्ने १९ वर्षीय अर्जुनकुमार साहलाई पक्राउ गरेकोे जनाएको छ।
उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए। दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनले झोलामा टेपले बाँधेर डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल ल्याएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका साहलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।