काठमाडौं– हाल देशमा उल्लेख्य मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशका पहाडी भूभागमा आशिंक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशका अधिकांश पहाडी भूभागम आंशिक बदली रहने तथा अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।
राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।