काठमाडौं– नेकपा एमाले मुलुकको संविधान, सङ्घीयता, गणतन्त्र र परिवर्तनको पक्षमा नरहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारले बताएका छन्। समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले जनादेशको भावना, अदालतको मर्यादा, विधिविधानलाई एमालेले उल्लंघन गरी संसद्लाई अगाडि बढ्न नदिएको बताए।
देश विकासका लागि रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो पार्टीले प्रतिभाशाली मेहनती बौद्धिक, बुद्धिजीवी व्यक्तिको आविष्कार गर्न चाहेको उल्लेख गरे।
आफ्नो पार्टीले अवलम्बन गरेका आदर्शका कारण अहिले पूर्वमेचीदेखि पश्चिम महकालीसम्म पार्टीप्रति जनताको आकर्षण बढेको बताउँदै अध्यक्ष नेपालले पार्टी प्रवेशमा जनलहर देखा परेको प्रष्ट पारे।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुलुकको आवश्यकताअनुसार शिक्षा क्षेत्रमा विकास गरी दक्षजनशक्तिलाई उत्पादनमा जोड्नुपर्ने बताए।
पार्टीका नेता मुकुन्द न्यौपानेले शिक्षालाई व्यापारीकरण गर्न राजनीतिज्ञले पनि निजीक्षेत्रमा लगानी गरेको उल्लेख गर्दै खराब मनाशयबाट यस क्षेत्रमा हुने राजनीतिलाई न्यूनीकरण गर्न उनीहरूका संलग्नतालाई रोक्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।