काठमाडौं– हुथी विद्रोहीले प्रहार गरेको ड्रोनलाई साउदी अरेबियाले खसालेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार साउदी अरेबियाको एयर डिफेन्स सिस्टमले असक्षम पारेको ड्रोन ‘आभा’ अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेको थियो।
साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सी एसपीएले साउदी नेतृत्वको गठबन्धन सेनाले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
साउदी नेतृत्वको गठबन्धन सेना यमनमा इरान समर्थित हुथी विद्रोहीसँग लडिरहेका छन् जसले उत्तरी यमनको धेरैजसो भागलाई नियन्त्रणमा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।