काठमाडौं- किराँत समुदायले आज उधौली पर्व मनाएका छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा यो पर्व मनाइएको हो।
किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउने गरेका छन्।
किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन्। बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ।
यही अवसरमा ललितपुरको सुनाकोठीमा किराँत राईहरुले सामूहिक रुपमा उधौली पर्व मनाएका छन्।
उक्त अवसरमा परम्परागत भेषभूषामा सजिएका किरात राईहरु ढोललगायत बाजाको तालमा नृत्य गरेर पर्वको खुसीयाली मनाए।
सुनाकोठीमा किरात राईहरुको उधौली विशेष कार्यक्रमका तस्बिरहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।