काठमाडौं– भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १४५ पुगेको छ। हालसम्म भारतका ११ राज्य र केन्द्र शासित प्रदेशहरूमा ओमिक्रोनका संक्रमित फेला परेका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ४८, दिल्लीमा २२, तेलंगानामा २०, राजस्थानमा १७, कर्नाटकमा १४, केरलामा ११, गुजरातमा ९, आन्ध्र प्रदेशमा १, चण्डीगढमा १ तमिलनाडुमा १ र पश्चिम बंगालमा १ संक्रमित फेला परेका छन्।
ओमिक्रोनको संक्रमित पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा भेटिएको थियो। त्यसपछि यसको पहिलो बिरामी भारतमा डिसेम्बर २ मा कर्नाटकमा भेटिएको थियो।
शनिबार महाराष्ट्रमा ८ थप ओमिक्रोनका संक्रमितहरु फेला परेका छन्। तेलंगानमा पनि ८ संक्रमित फेला परेका थिए। यता, कर्नाटक र केरलामा ६ र ४ संक्रमित फेला परेका थिए।
गुजरातको स्वास्थ्य विभागका एक अधिकारीले आइतबार १५ डिसेम्बरमा बेलायतबाट आएका एक जनामा ओमिक्रोन संक्रमण भएको पुष्टि भएको छ। तर, उनीसँगै यात्रा गर्ने यात्रु र उनको सम्पर्कमा आएका अन्य व्यक्तिमा भने संक्रमण देखिएको छैन।
महाराष्ट्र स्वास्थ्य विभागका एक अधिकारीले कुल ४८ मध्ये २८ जना निको भइसकेको बताएका छन्। उनीहरुलाई डिस्चार्ज गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।