• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

को बन्ला माओवादी केन्द्रको महासचिव? यी हुन् दाबेदार नेता

64x64
वीरेन्द्र ओली मंगलबार, पुस ६, २०७८  १८:१९
1140x725

काठमाडौं– दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसका राष्ट्रिय महाधिवेशनपछि अब संघीय संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र पनि राष्ट्रिय सम्मेलनको संघारमा आइपुगेको छ। माओवादी केन्द्रले आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ।

नेताहरुले यो सम्मेलनबाट नेतृत्व तहमा जिम्मेवारी परिवर्तन हुने बताइरहँदा शीर्ष नेतृत्व भने यथावत् रहने देखिन्छ। अर्थात्, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै माओवादी केन्द्रको नेतृत्वमा रहिरहनेछन्।

त्यसको कारण के हो भने माओवादी केन्द्रको नेतृत्वका लागि उनलाई चुनौती दिने पंक्ति तयार भइसकेको छैन। उनलाई चुनौती दिन माओवादी केन्द्रका अन्य नेताले सोचेका समेत छैनन्। विभिन्न आरोह र अवरोहबाट यहाँसम्म आइपुगेको माओवादी केन्द्रलाई प्रचण्डकै नेतृत्वमा गोलबद्ध बनाउने उनीहरूको योजना छ। यतिसम्म कि उनीहरु माओवादीले चटक्कै छाडिसकेको ‘प्रचण्डपथ’ ब्युँताउनु पर्नेसमेत बताउन थालेका छन्।

अध्यक्षमा प्रचण्डकै निरन्तरता हुने भएपछि राष्ट्रिय सम्मेलनबाट अध्यक्षपछि शक्तिशाली मानिने पद, महासचिवका लागि कैयौं नेताले आकांक्षा देखाएका छन्। उनीहरूले औपचारिक रुपमा बाहिर मुख नखोले पनि निकटस्थहरूसँग आफ्नो अपेक्षा बताउने र 'लबिइङ'समेत गर्ने गरिरहेका छन्। राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा महासचिवका आकांक्षीहरूको तस्बिर पनि प्रष्ट हुन थालेको छ।

माओवादीमा अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी कति हुन्छन् भन्ने निर्क्योल भइसकेको छैन। यसबारे टुंगो लगाउन स्थायी समिति सदस्य देव गुरुङसहितको पाँच सदस्यीय समितिले खाका तयार गर्दै छ। तर, पार्टी नेता, कार्यकर्ता र शुभचिन्तकको नजर महासचिव पदमा अडिएको देखिन्छ।

आकांक्षीहरूको लर्को
माओवादी केन्द्रको महासचिव हुन सबैभन्दा धेरै जोडबल स्थायी समिति सदस्य एवम् अर्थमन्त्री जनार्दन शर्मा र अर्का स्थायी समिति सदस्य वर्षमान पुनको छ। गम्भीर बिरामी परेका पुन अहिले चीनमा उपचाररत् भएकाले पछिल्लो राजनीतिक गतिविधिमा सहभागी छैनन्। स्वास्थ्यमा क्रमिक सुधार भएका कारण उनी सम्मेलनअघि नै आउनसक्ने बताइएको छ।

पुन पार्टीमा यसअघि सचिव र शर्मा स्थायी समिति सदस्य मात्रै थिए। पछिल्लो समय शर्मा पार्टी संगठन विभाग प्रमुख छन्। पुन अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इन्चार्जको जिम्मेवारीमा छन्। पार्टीमा शर्मा र पुन दुवैले आफ्नो पकड बलियो बनाउँदै लगेकाले चर्को प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धाको अवस्था आए देशैभर शर्माभन्दा पुनको पकड बलियो छ।

अध्यक्ष प्रचण्डले भने दुवै नेतालाई उत्तिकै महत्वका साथ जिम्मेवारी दिने गरेका छन्। उनीहरूले समान रूपमा संगठन र राजकीय जिम्मेवारी पाउँदै आएका छन्। यसअघि पुनलाई उर्जामन्त्रीको जिम्मेवारी दिइएको थियो। शर्मालाई अहिले अर्थमन्त्रीको जिम्मेवारी दिएर सरकारमा पठाइएको छ। तर, पछिल्लो समय पुनको स्वास्थ्यमा समस्या भएपछि राजनीतिक रुपमा सक्रिय हुन नपाउँदा उनलाई क्षति पुगेको आकलन अन्य नेताको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, उर्जामन्त्री पम्फा भुसालले समेत पार्टीमा आफ्नो उस्थित बलियो बनाउँदै लगेकी छन्। अध्यक्ष प्रचण्डपछि पार्टी नेतृत्वमा पुग्ने योजनासहित उनी अघि बढेकी छन्। त्यसका लागि अहिलेलाई महासचिव पदमा पुग्नु उचिन हुने उनी निकटस्थहरू बताउँछन्। त्यसैले उनी स्थायी समिति सदस्य देव गुरुङलगायत नेताहरूलाई मिलाएर सबै महिलाको प्रतिनिधित्वसमेत हुने गरी महासचिवमा दाबी गर्ने योजनामा छिन्।

उनले प्रचण्डपछिका नेताहरूलाई आफ्नो समकालीन मान्ने भएकाले महासचिवमा अरुलाई सजिलै छोड्न सक्ने सम्भावना कम छ। त्यसैले भुसाल सरकार र पार्टी दुवै कामलाई उत्तिकै महत्व दिएर सक्रिय भइरहेकी छन्।

त्यसैगरी, स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेत यसअघि पार्टी सचिव भइसकेकाले महासचिव पदमा दाबी गर्ने सम्भावना धेरै छ। अहिले उनी पार्टीको वन तथा वातावरण विभाग प्रमुख र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा छन्।

नेता नारायणकाजी श्रेष्ठले भने महासचिव पदमा दाबी गर्ने सम्भावना छैन। तर, उनीनिकट गिरिराजमणि पोखरेलले महासचिवमा दाबी गर्नसक्ने छन्। पोखरेल पनि यसअघि सचिव भइसकेका नेता हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि पार्टी कोषाध्यक्ष रहेका स्थायी समिति सदस्य हरिबोल गजुरेलसमेत महासचिवमा दाबी गर्ने योजनामा छन्। महासचिव नपाए उपाध्यक्ष हुने उनको तयारी छ।

तर, स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले राष्ट्रिय सम्मेलन नेता चुन्ने नभइ नीति चुन्ने सम्मेलन भएकाले नीति र कार्यक्रमबारे नै प्रमुख रूपमा छलफल हुने बताए। पदाधिकारीको विषय आपसी छलफलबाट टुंगो लगाउने उनको भनाइ छ। ‘हाम्रो राष्ट्रिय सम्मेलन अरु पार्टीको जस्तो नेता चुन्ने मात्रै होइन। अहिले मुलुक र जनतालाई कस्तो नीति तथा कार्यक्रम आवश्यक पर्छ भन्ने कुरालाई मुख्य प्राथमिकता दिन खोजेका छौँ,’ उनले भने, ‘पार्टी स्थायी समिति सदस्यहरुले पदाधिकारीका निम्ती अपेक्षा राख्नु स्वाभाविक कुरा हुन्छ। ती सबै विषय आपसी छलफलबाट टुंगो लगाउछौँ।’

प्रचण्डलाई शर्माले बुझाए पार्टी संगठनको योजना
पार्टीको संगठन विभाग प्रमुख रहेका जनार्दन शर्माले पार्टी संगठनलाई ‘भाइब्रेसन’ दिन आफ्ना योजना अध्यक्ष प्रचण्डसामु पेश गरेका छन्। उनले एक वडामा कम्तीमा तीन टोल, एक टोलमा कम्तीमा तीन सेल, एक सेलमा कम्तीमा सात सदस्य र सेल सदस्य (संगठित सदस्य) को दुई गुणा साधारण सदस्य बनाउने योजना शर्माले पेश गरेका छन्। एक सेल बराबर १५ युवा र १५ महिला संगठनहरू निर्माण गरेर ३० लाख ३५ हजार ३७ जनाको संगठित शक्ति निर्माण गर्न सकिने उनको योजनामा उल्लेख छ।

यसरी बनाइएका पार्टी सदस्यलाई श्रम, रोजगार र उत्पादनमा जोड्ने कार्यलाई नै वडा कमिटीले आफ्नो मूल कार्यदिशा/कार्यक्रम बनाउनुपर्ने पनि उल्लेख छ। पार्टी संगठनमा महिला र दलितलाई प्राथमिकता दिई नेतृत्व चयन गर्ने र त्यसका लागि कम्तीमा महिला ४० प्रतिशत र दलित १५ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने खाका शर्माले बनाएका छन्। 

दोस्रो तहका नेताहरूबाट सर्वसम्मत नभए पुनः महरा!
यसअघि पार्टी महासचिव भईसकेका कृष्णबहादुर महरा अहिले प्रवक्ताको जिम्मेवारीमा छन्। उनी पुनः महासचिव पदमा दाबी गर्ने पक्षमा छैनन्। तर, दोस्रो तहका नेताबीच सर्वसम्मत नभए वा अस्वस्थ प्रतिस्पर्धा भए महरा नै पुनः महासचिवमा दोहोरिन सक्ने उनी निकट एक नेताले बताए।

‘महरा सर मलाई यो पद चाहियो भनेर खासै माग्नु हुन्न। प्रचण्ड कमरेडले महासचिवमा मिलाउन सक्नु भएन भने अध्यक्षलाई सहयोग गर्न उहाँ दोहोरिन सक्ने सम्भावना छ’, ती नेताले भने, ‘महासचिव पदमा दोस्रो पुस्ताबाट सर्वसम्मत भए पार्टी उपाध्यक्ष भई बस्ने महरा सरको योजना छ।’

पार्टी महासचिवमा दोस्रो पुस्ताका नेताले प्रतिस्पर्धा गरे पनि उनीहरूले भविष्यमा पार्टीकै नेतृत्व गर्नसक्ने विश्वास प्रचण्डले गरेका छैनन्। त्यसैले पार्टीलाई बलियो बनाउन र भावी नेतृत्व स्थापित हुने गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्नेगरी छलफल अघि बढाएका छन्।

पार्टी एकता गरेर विप्लवलाई नै महासचिव बनाउने ध्याउन्नमा प्रचण्ड र महरा लागिपरेका छन्। ‘म विप्लवजीहरूसँग संवादमा छु। एकताका विषयमा बाहिर जति नकारात्मक कुरा आए पनि वास्तविकता त्यस्तो छैन’, महराले नेपाल लाइभसँग भने, ‘एउटा सन्देश जानेगरी ठोस निष्कर्षमा पुग्नका लागि छलफल गर्दैछौँ।’

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी संसदीय सुनुवाइ समितिमा चार देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ जारी रहेको छ। बुधबार, असोज २८, २०८३
सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तामाङले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्