ट्रिपोली- लिबियाको तेस्रो ठूलो सहर मिसरातामा भएको एक आत्मघाती आक्रमणमा कम्तीमा ४ व्यक्तिको मृत्यु भएको छ।
सो सहरमा अवस्थित मुख्य अदालतको भवनमा इस्लामिक स्टेट्स (आइएस) आतंककारी समूहका सदस्यले सो आक्रमण गरेको जनाइएको छ।
ट्रिपोलीबाट करिब २ सय किलोमिटर पूर्वमा अवस्थित यस तटीय सहरमा रहेको अदालत भवनभित्र आत्मघाती आक्रमणकारीले प्रवेश गरी विस्फोट गराएका थिए। आक्रमणमा १५ जना घाइते भएको लिबियाली सरकारले जानकारी दिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।