• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पहिले चोट दिएर अहिले मलम लगाइरहेका ओली

64x64
डिबी खड्का बुधबार, मंसिर २९, २०७८  १९:०२
1140x725

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजोआज पार्टीका कार्यक्रममा फरक तरिकाले पेस हुन थालेका छन्। केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश कमिटी गठन र केन्द्रीय नेतृत्वको कार्यविभाजनपछि ओलीले आफूलाई प्रस्तुत गर्ने शैली बदलेका हुन्। 

कार्यविभाजन र जिम्मेवारी प्रदानका समयमा सहयोद्धालाई चोट पुर्‍याएका उनी हिजोआज मलम बोकेर हिँड्न थालेका छन्। ‘गहिरै घाउ पो बन्यो कि?’ भन्ने टोनबाट सान्त्वना समेत दिइरहेका छन्। उनले मंगलबार र बुधबार एउटै कुरा दोहोर्‍याए, ‘कतै–कतै न्याय नभएको पनि हुन सक्छ।’

कमिटीहरु गठन र जिम्मेवारी प्रदानमा फरक मत राख्नेहरुमाथि उनले छुरा चलाएका थिए। कोही कमिटीमा अटेनन्, कार्यकर्ताले एमालेको कमिटीमा पुर्‍याएकालाई पनि ओलीले जिम्मेवारी दिएनन्। 

आफ्नो विचारलाई ‘बा’को आदेशका रुपमा शिरोपर नगर्नेहरु त उनको कोपभाजनका सिकार बने नै। कतिपय ‘बा’को गुनगानमा हमेसा लागिरहनेहरुले समेत अपेक्षित भूमिका र जिम्मेवारी प्राप्त गर्न सकेनन्। 

उनीहरुले सार्वजनिक रुपमै यसको प्रतिबाद गर्न थालेपछि ओली अहिले ‘दार्शनिक अवतार’मा उत्रिएका हुन्। पार्टीको आन्तरिक कार्यक्रममा उनको प्रस्तुति असन्तुष्टहरु लक्षित हुन्छ। 

साँघुरो मन बनाएर फरक विचार राख्नेहरुलाई भित्तामा पुर्‍याएका उनी अहिले भनिरहेका छन्, ‘फराकिलो छाती बनाउनुपर्छ। फराकिलो छाती भनेको भावना फराकिलो बनाउनु हो। देशभरि, जनताभरि, उद्देश्यभरि, मानवजाती भरिका लागि फराकिलो छाती बनाउनुपर्छ।’ 

ओलीको चोट

ओलीले एमालेको दशौं महाधिवेशनबाट आफ्नो छत्रछायाँमा बस्न नरुचाउनेलाई ‘नारायणी बगर’मा मिल्काउन थालेका हुन्। चितवनमा भएको महाधिवेशनमा एमाले नेता भीम रावल त प्रतिस्पर्धी बनेर पछारिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीको अन्तरसंघर्षमा फरक विचार राखेकाहरु घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीलाई ओलीमय अधिवेशनले पदाधिकारीमा ल्याउन चाहेन। पदाधिकारीका आकांक्षी कार्की स्थायी कमिटी त के, पोलिटब्युरोमा समेत अटाएनन्। योग्यता र क्षमताका हिसाबले स्वाभाविक रुपमा बढुवा हुनुपर्ने गोकर्ण विष्ट र योगेश भट्टराई सचिवमै थन्किए। 

एमाले अन्तरसंघर्षमा कुनैबेला फरक कित्तामा उभिएका कारण जिम्मेवारीविहीन हुने वा उपयुक्त अवसर नपाउने नेताहरुको सूची लामो बनेको छ

विष्ट र भट्टराईमाथिको अन्याय यहीँ रोकिएन। वौं र दशौं महाधिवेशनमा सचिवमा सर्वाधिक मत ल्याएका विष्ट जिम्मेवारीविहीन बनाइएका छन्। ओलीनिकट स्थायी कमिटी सदस्यले समेत महत्त्वपूर्ण विभागको जिम्मेवारी पाएका छन्।
वरीयता निर्धारण गर्दासमेत उनीहरुलाई माओवादी केन्द्रबाट आएका टोपबहादुर रायमाझी, लेखराज भट्ट र पहिलोपटक पदाधिकारी बनेका रघुवीर महासेठको पछाडि पारिएको छ। 

एमाले अन्तरसंघर्षमा कुनैबेला फरक कित्तामा उभिएका कारण जिम्मेवारीविहीन हुने वा उपयुक्त अवसर नपाउने नेताहरुको सूची लामो बनेको छ। 

बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले समेत एमालेको केन्द्रीय सदस्य बन्ने अवसर पाए। तर, महाधिवेशनमै चुनाव लडेर केन्द्रीय सदस्य हुने क्षमता राख्ने दीपकप्रकाश भट्ट, सुरेन्द्र मानन्धर, योगेन्द्र शाही, अर्चना गहतराज, सुवास कर्माचार्यले स्थान पाएनन्। यी पाँचजनाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। तर, पछि मनोनित गर्ने भन्दै उनीहरुलाई उम्मेदवारी फिर्ता लिन लगाइएको थियो। एमालेका पुराना नेता नरेश खरेल पाखा लागेका छन्। 

एमालेमा क्षमतावान नेताका रुपमा चिनिने कृष्णभक्त पोखरेललाई पनि ओलीले ‘इग्नोर’ गरेका छन्। दुईपटक चितवन जिल्ला अध्यक्ष भइसकेका उनलाई नेकपाकालमा पनि ‘अपमान’ गरिएको थियो। एमाले–माओवादी एकता भएपछि माओवादीका नेता यमबहादुर परियारलाई अध्यक्ष बनाएर उनलाई घटुवा गरेर सचिव बनाइयो। दुईपटक सांसदसमेत भइसकेका उनी न्यायको आशामै छन्। 

नेपाल लाइभसँग कुरा गर्दै पोखरेलले भने, ‘मलाई केन्द्रीय कमिटीमा राखिन्छ भन्नेमा पूर्ण विश्वासमा थिएँ। पार्टीलाई के कस्तो अवस्था बन्यो र मलाई केन्द्रीय सदस्यमा समेटिएन थाहा छैन। तर, पार्टीले न्याय गर्नेमा विश्वस्त छु।’

श्रीमाया थकाली एमालेको आठौं महाधिवेशनमै वैकल्पिक पोलिटब्युरो सदस्य निर्वाचित भएकी थिइन्। नवौं महाधिवेशनपछि उनी पोलिटब्युरो सदस्य बनिन्। तर, दशौं महाधिवेशनपछि भने उनलाई केन्द्रीय सदस्यमै सीमित राखिएको छ। ओलीनिकट जुनियर नेताले अवसर पाइरहँदा लगातार ३ पटक केन्द्रीय सदस्य निर्वाचित ममता गिरी पनि पोलिटब्युरोमा परिनन्। 

मलम लगाइरहेका ओली

एमालेमा जिम्मेवारी बाँडफाँटको मौसम सकिएको छ। अध्यक्ष ओलीमा आगामी निर्वाचनबाट फेरि सत्तारोहण गर्ने लालसा कायम छ। एमालेभित्रको यही असन्तुष्टिको आगो डढेलो हुन थाल्यो भने सम्भव नहुने ओलीले महशुस गरेका छन्। 

त्यसैले मंगलबारदेखि उनको लवज फेरिएको छ। आफूले कहीँकतै ‘अन्याय’ गरेको हुनसक्ने भन्दै ढाडस दिइरहेका छन्। बुधबार मनोनित ४४ जना केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा उनले आफ्नो निर्णयले ‘कहीँकतै न्याय नभएको हुनसक्ने’ उल्लेख गरे। 

गल्ती स्वीकारोक्तिको भावमा उनले भने, ‘कसै–कसैको चित्त नबुझ्न सक्छ। कतै–कतै नभएको पनि हुन सक्छ। कति सूचनाको अभाव होला। कति अन्तर्यको जानकारीको अभाव होला। त्यसैले साँच्चै न्यायको बिन्दुमा नपुगिएको पनि हुन सक्छ।’

यति ‘रियलाइजेसन’पछि ओली ‘दार्शनिक’ बन्ने कोशिसतिर लागे। उनले चित्तमाथि प्रवचन दिए। उनले भने, ‘मान्छेको चित्त हो, त्यसैले दुख्छ। तर, यो चित्त खोज्दा भेटिदैन। तर, चित्त छ, त्यहीकारण बुझ्दैन। चित्त भेटिँदैन तर, यसले उपद्रो मच्चाउँछ। चित्त बलवान छ।’

उनी आफैंले चित्तको परिभाषासमेत दिए, ‘चित्त भनेको मनको स्थिति। मन भनेको मस्तिष्क हो। सचेत मस्तिष्कले बुझेन। त्यसैले चित्त बुझेन।’

प्रायः ‘जिब्रोमा छुरा बोकेर हिँड्ने’ ओली बुधबार नेताहरुलाई ‘मह राख्न’ सुझाइरहेका थिए। उनी भन्दै थिए, ‘टाउकोमा बरफ र जिब्रोमा मह, छातीमा पवित्र भावना राख्नुहोस्।’

उनले मंगलबार पनि आफूबाट कुनै कमीमजोरी भएन भन्ने दाबी नरहेको बताए। संसदीय दलको बैठकमा बोल्दै उनले असन्तुष्टिका स्वर आफूले पनि सुनिरहेको बताउँदै आगामी दिनमा मिल्दै जाने उल्लेख गरेका थिए। 

उनले भनेका थिए, ‘कार्यविभाजनलाई लिएर कतैकतै असन्तुष्टिका स्वर सुनिएका छन्। आगामी दिनमा मिल्दै जान्छन्। कुनै कमी रहेको छैन भन्ने दाबी गर्न सकिँदैन।’

पार्टीमा ८ लाख बढी क्रियाशील सदस्य रहेको बताउँदै व्यवस्थापनमा कहीँकतै नमिलेको हुनसक्ने उनको भनाइ थियो। 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्