काठमाडौं– पछिल्लो केही समययता निरन्तर ओरोलो लागेको सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार कारोबार खुलेको २ घण्टा नपुग्दै पुँजीबजार मापक नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ।
मंगलबार कारोबार खुलेको करिब डेढ घण्टा अर्थात १२ः३८ मा नेप्से सूचक ११४.२५ अंक अर्थात ५.०१ प्रतिशतले बढेको छ। यस्तै, सेन्सेटिभ सूचक पनि ४.३२ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।
अब ४० मिनेपछि नेप्सेमा पुनः कारोबार हुनेछ। सोपश्चात नेप्से ६ प्रतिशत बढेमा मंगलबार पुरै दिनको लागि शेयर कारोबार बन्द हुनेछ।
आज नेप्से सूचक प्रिओपन सेसनबाट नै बढ्न थालेको छ। आज प्रि पन सेसनमा सेयर बजार २ अंकले बढेको थियो। यस वृद्धिसँगै सूचक २२८३.६७ विन्दुमा आइपुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।