• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ११, २०८२ Tue, Oct 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुरिनाम सपनाले फस्यो पैसा, दलालले यसरी पुर्‍याए दिल्ली

64x64
धनु विश्वकर्मा बुधबार, पुस ७, २०७८  ०९:२२
1140x725

काठमाडौँ– भारतको नयाँ दिल्लीको सुनसान होटल। न भाषा आउँछ, न कोही चिनेको छ। वैदेशिक रोजगारीमा सुरिनाम पठाइदिने आश्वासन दिएर प्रमिला बुढा मगरलाई दलालले भारतको दिल्लीसम्म पुर्‍यायो। उनीसँग सल्यानका एक जना अपरिचित निमबहादुर बुढामगर थिए। दिल्ली पुगेपछि उनलाई होटलमै एक हप्ता बन्धक बनाइयो। 

बसिरहेको होटलको कोठामा आएर भरत डाँगीले १० लाख रुपैयाँ दिए मात्र विदेश पठाउने बताए। त्यसपछि मात्र उनले आँफू दलालहरूको फन्दामा परेको बुझिन्। त्यसपछि त उनलाई आफू बेचिने हो कि भन्ने चिन्ता सुरु भयो। बसेको होटलबाट निस्कन अनेक उपाय लगाउन थालिन्।

प्रमिलाको घर रोल्पा सुनछहारी गाउँपालिका–२ मा पर्छ। उनले औपचारिक शिक्षा लिन पाइनन्। नामसम्म भने लेख्नसक्छिन्। २०६२ सालमा विवाह भयो। श्रीमान् रोजगारीका लागि दक्षिण कोरिया गए। माइतिमा जस्तो खान लाउन दुःख थिएन।

श्रीमान् उच्च रक्तचापका बिरामी थिए। कोरियामा केही समय बिताएपछि फर्किएर गाउँ नै बस्न थाले। त्यहीबीच कान्छो छोरो जन्मियो। तर, छोरो जन्मिएको ६ महिनामा नै श्रीमान्को मृत्यु भयो। तब, उनलाई आफ्नो जिन्दगी अन्धकारमा धकेलिएको महसुस हुन थाल्यो। दुःखका दिन सुरु भए।

उनले काठमाडौँ आएर संघर्ष गर्ने निर्णय गरिन्। दुई नाबालक छोरा च्यापेर आइपुगिन् राधानी शहर। उनको चाहना छोराहरूलाई राम्रो शिक्षा दिने थियो। तर, उनी शहरमा एक्लै थिइन्। 

गाउँतिरका आफन्त ललितपुरको ठेँचोमा बसेर ज्याला–मजदुरी गर्थे। धेरैजसो इँटाभट्टामा काम गर्थे। उनी पनि ठेँचो नै पुगिन्। अरुका बाख्रा पाल्ने र तरकारी बारीमा काम गर्ने गरिन्। फुर्सदमा ज्यालादारी गर्न पनि जान्थिन्। दुःख–सुख तीन जनाको परिवार धानेकी थिइन्।

त्यही बेला सँगै काम गर्ने साथी विदेश जाने सुनेपछि उनलाई पनि वैदेशिक रोजगारीमा जान मन लाग्यो। छोराहरूलाई होस्टलमा राखिदिइन्। उनी २०६९ सालमा ‘फ्रि भिषा’मा जोर्डन गइन्। त्यहाँ गार्मेन्ट कारखानामा काम थियो।

पहिलो महिना उनले १५ हजार रुपैयाँ मात्र पाइन्। ‘विदेश गएपछि टन्नै कमाइ हुन्छ भन्ने लागेको थियो। तर, पहिलो महिनाको कमाइले निराश बनायो,’ उनी भन्छिन्, ‘दोस्रो महिना अलि राम्रो होला भन्ने आशा गरेँ। दोस्रो महिना पछि पनि २० हजार रुपैयाँ मात्र दियो। त्यति त नेपालमै पनि कमाउँथे। विदेशमा त चुपचाप ठगिनु पर्दोरहेछ।’

Ncell 2
Ncell 2

उनी छुट्टीमा नेपाल आइन्। तर, दाजुले फेरि उता जान दिएनन्। दुःख गरेअनुसार कमाइ नहुँदा उनको पनि मन खुसी थिएन। अनि ठेँचोमा जग्गा भाडामा लिएर आफैँ तरकारी खेती सुरु गरिन्। छोराहरूलाई होस्टलबाट निकालेर आफैँसँग राख्न थालिन्। परिवार एकै ठाउँ हुन पाउँदा उनलाई आनन्द महसुस भएको थियो।

उनले खेती गरेकै ठाउँमा टहरो बनाएर त्यहीँ बसिन्। २८ वटा बाख्रा पालिन्। जग्गाको भाडा मात्र मासिक ६५ हजार रुपैयाँ तिर्थिन्। कमाइ राम्रै भइरहेको थियो। यस्तै क्रममा उनको भेट रोल्पा कुर्चावाङ्गकी मनकुमारी पुनसँग भयो। दुवैको घर रोल्पा भएको कारण पनि चाँडै हेलमेल भयो। उनै मनकुमारीले २०७५ सालमा फेरि विदेश जाने सल्लाह दिइन्।

नेपालमा जस्तो दुःख गर्नु नपर्ने र यसपटक कमाइ पनि राम्रो हुने बताइन्। त्यसमाथि मनकुमारीले आफ्नै भाइको म्यानपावर कम्पनी पनि रहेको र दक्षिण अमेरिकी देश सुरिनाम जाँदा धेरै पैसा कमिने लोभ देखाइन्। सुरुमा जान मन नगरेकी प्रमिलालाई मनकुमारीले अनेक सपना देखाइरहिन्। बिस्तारै प्रमिलाको पनि मन फिर्दै आयो। घरभित्रैको काम भएको बताएपछि दुःख धेरै नहुने हुँदा उनी जान राजी भइन्।

उनलाई लाग्यो– महिलाको दुःख महिलाले बुझ्छन्। उनले राम्रै सल्लाह दिएकी होलिन्। अनि विश्वासमा परिन्। उनलाई महिनाको डेढ लाखसम्म कमाइ हुने लोभ देखाइएको थियो।

मनकुमारीले ‘एड्भान्स’ दिनुपर्ने भनेर भिषा नलाग्दै पैसा मागिन्। पैसा दिएपछि मात्र प्रक्रिया बढ्ने बताएका कारण २०७५ भदौ १५ गते राम डाँगीको नाममा ४४ हजार पठाइदिइन्। थप पैसा चाहिने बताएपछि उनकी दिदी जमुनाले २०७६ असार २७ मा ४० हजार रुपैयाँ उनै रामलाई आईएमई गरेर पठाइदिइन्। 
उनीहरूले मागेअनुसारको बाँकी दुई लाख ७१ हजार पनि प्रमिलाले मनकुमारीलाई बुझाइन्। पैसा दिँदा उनले कुनै कागज गरिनन्। आफ्नै जिल्लाको भएकाले विश्वास गरिन्।

पैसा बुझाउन उनले भएका बाख्रा सबै बेचिन्। नपुगेको पैसा ऋण लिइन्। दुई छोरालाई दाजुले होस्टेलमा राखिदिए। आफू विदेश जाने तयारीमा लागिन्।

उनलाई २०७६ फागुनमा भारत हुँदै सुरिनाम जाने खबर आयो। नयाँदिल्लीमा म्यानपावरका मान्छे भरत डाँगी लिन आउने जानकारी दिइयो। भरतको घर पनि रोल्पा नै भएको मनकुमारीले बताइन्। मनकुमारीले नै उनलाई पहिला नेपालगञ्ज पठाइन्। त्यहाँ सल्यानका निमबहादुर बुढाथोकीसँग भेट भयो। उनीहरू रुपणिया नाका हुँदै भारत छिरे। निमबहादुर पनि सुरिनाम नै हिँडेका थिए।

नयाँदिल्ली पुगेपछि उनीहरूलाई लिन एक नेपाली आए। मनकुमारीले उनलाई अनलाइनबाटै भिषा आवेदन दिएको बताएकी थिइन्। भरतले दुवैलाई होटलमा राखे। भरतले २५ जनाको टोली सुरिनाम पठाउन लागेको बताए। साँझ भरत होटलबाट गए।

भोलिपल्टदेखि भरतले बोली फेरे। थप १० लाख रुपैयाँ दिए मात्र सुरिनाम मिल्ने, नभए नमिल्ने बताए। तर, प्रमिलासँग पैसा थिएन। कमाएजति मनकुमारीलाई बुझाइसकेकी थिइन्। पैसा नभएको बताएपछि एक हप्ता होटलमै बन्धक बनाइयो। 

उनलाई सुरिनाम पठाउने भनेर दिइएको ‘कन्ट्याक पेपर’मा क्यानडा लेखिएको थियो। त्यो कुरा उनले भारत पुगेपछि मात्र थाहा पाइन्। उनलाई शंका लाग्यो। यता, भरतले १० लाख नदिए भारतमै बस्नुपर्ने भन्दै धम्क्याउन थाल्यो। मनकुमारीलाई सुनाउँदा भरत नै मुख्य मान्छे भएको बताइन्। ‘त्यसपछि आफूलाई कतै भारतमै बेच्ने त होइन भन्ने चिन्ता लाग्न थाल्यो,’ उनी भन्छिन्, ‘अनि त्यहाँबाट उम्किनका लागि १० लाख दिने बताएँ। पैसा साट्न भनेर होटलबाट निस्किएँ।’

होटलबाट निस्किएपछि उनले काभ्रेका श्रेष्ठ दम्पती भेटिन्। उनहरूलाई सबै कुरा सुनाइन्। उनीहरूले घर फर्किन सुझाव दिए। उनी नेपाल आइन्। कोरोनाको पहिलो लहर नियन्त्रणका लागि लकडाउन हुनुभन्दा तीन दिनअघि नेपाल आइपुगेकी थिइन्। आउँदा गाडीमै आफ्नो मोबाइल हराइन्। 

मोबाइल हराएपछि मनकुमारीसँगको सम्पर्क नम्बर पनि हरायो। नेपाल आएपछि उनी बस्ने ठाउँसम्म पुगिन्। तर, मनकुमारी सम्पर्कविहीन भइन्। 

वैदेशिक रोजगारीको चक्करमा उनको करिब तीन लाख ५० हजार रुपैयाँ ठगी भयो। मनकुमारी बेपत्ता भए पनि उनका छोराछोरी र श्रीमान् नजिकै बस्छन्। मनकुमारीले १२ जनाबाट १६ लाख उठाएर भागेकी रहिछन्। ‘उनका श्रीमानलाई भन्दा मनकुमारीले  आफैँलाई छोडेर भागेको भन्दै बिलौना गर्छन्। कसलाई भन्नु? कता सम्पर्क गर्नु?’ उनी भन्छिन्।

उनले कता उजुर गर्ने भनेर थाहा नपाउँदा दुई वर्ष बित्यो। गएको महिना मात्र जावलाखेल प्रहरीमा निवेदन दिइन्। त्यहाँबाट प्रहरीले वैदेशिक रोजगार विभाग बुद्धनगर पठायो। विभागमा आएर वकिलसँग सल्लाह गरिन्। तर, उनीसँग पैसा दिएको प्रमाण थिएन। आईएमईबाट पैसा पठाएको ८४ हजारको भौचर मात्र छ। उनी मनकुमारीको नागरिकता र सामाजिक सञ्जालबाट निकालेको फोटो बोकेरै हिँड्छिन्। पैसा फिर्ता पाउने आधार भने छैन।

उनलाई अब आफू र छोराछोरी पालिने चिन्ता छ। छोराछोरी पढाउने चिन्ता छ। भविष्यमा अब के गर्ने सोच्नै पाएकी छैनन्। तर, न्यायको आशा पनि मरिसकेको छैन।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
सेयर बजार हरियाली हुँदा कारोबार रकम बढ्यो मंगलबार, कात्तिक ११, २०८२
जुम्ला र जोमसोममा तापक्रम १ डिग्रीसम्म झर्ने अनुमान मंगलबार, कात्तिक ११, २०८२
आगामी पुसमा बाघ गणना गरिने मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय,नेपालमा कस्तो असर पर्छ ? मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्