• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुरिनाम सपनाले फस्यो पैसा, दलालले यसरी पुर्‍याए दिल्ली

64x64
धनु विश्वकर्मा बुधबार, पुस ७, २०७८  ०९:२२
1140x725

काठमाडौँ– भारतको नयाँ दिल्लीको सुनसान होटल। न भाषा आउँछ, न कोही चिनेको छ। वैदेशिक रोजगारीमा सुरिनाम पठाइदिने आश्वासन दिएर प्रमिला बुढा मगरलाई दलालले भारतको दिल्लीसम्म पुर्‍यायो। उनीसँग सल्यानका एक जना अपरिचित निमबहादुर बुढामगर थिए। दिल्ली पुगेपछि उनलाई होटलमै एक हप्ता बन्धक बनाइयो। 

बसिरहेको होटलको कोठामा आएर भरत डाँगीले १० लाख रुपैयाँ दिए मात्र विदेश पठाउने बताए। त्यसपछि मात्र उनले आँफू दलालहरूको फन्दामा परेको बुझिन्। त्यसपछि त उनलाई आफू बेचिने हो कि भन्ने चिन्ता सुरु भयो। बसेको होटलबाट निस्कन अनेक उपाय लगाउन थालिन्।

प्रमिलाको घर रोल्पा सुनछहारी गाउँपालिका–२ मा पर्छ। उनले औपचारिक शिक्षा लिन पाइनन्। नामसम्म भने लेख्नसक्छिन्। २०६२ सालमा विवाह भयो। श्रीमान् रोजगारीका लागि दक्षिण कोरिया गए। माइतिमा जस्तो खान लाउन दुःख थिएन।

श्रीमान् उच्च रक्तचापका बिरामी थिए। कोरियामा केही समय बिताएपछि फर्किएर गाउँ नै बस्न थाले। त्यहीबीच कान्छो छोरो जन्मियो। तर, छोरो जन्मिएको ६ महिनामा नै श्रीमान्को मृत्यु भयो। तब, उनलाई आफ्नो जिन्दगी अन्धकारमा धकेलिएको महसुस हुन थाल्यो। दुःखका दिन सुरु भए।

उनले काठमाडौँ आएर संघर्ष गर्ने निर्णय गरिन्। दुई नाबालक छोरा च्यापेर आइपुगिन् राधानी शहर। उनको चाहना छोराहरूलाई राम्रो शिक्षा दिने थियो। तर, उनी शहरमा एक्लै थिइन्। 

गाउँतिरका आफन्त ललितपुरको ठेँचोमा बसेर ज्याला–मजदुरी गर्थे। धेरैजसो इँटाभट्टामा काम गर्थे। उनी पनि ठेँचो नै पुगिन्। अरुका बाख्रा पाल्ने र तरकारी बारीमा काम गर्ने गरिन्। फुर्सदमा ज्यालादारी गर्न पनि जान्थिन्। दुःख–सुख तीन जनाको परिवार धानेकी थिइन्।

त्यही बेला सँगै काम गर्ने साथी विदेश जाने सुनेपछि उनलाई पनि वैदेशिक रोजगारीमा जान मन लाग्यो। छोराहरूलाई होस्टलमा राखिदिइन्। उनी २०६९ सालमा ‘फ्रि भिषा’मा जोर्डन गइन्। त्यहाँ गार्मेन्ट कारखानामा काम थियो।

पहिलो महिना उनले १५ हजार रुपैयाँ मात्र पाइन्। ‘विदेश गएपछि टन्नै कमाइ हुन्छ भन्ने लागेको थियो। तर, पहिलो महिनाको कमाइले निराश बनायो,’ उनी भन्छिन्, ‘दोस्रो महिना अलि राम्रो होला भन्ने आशा गरेँ। दोस्रो महिना पछि पनि २० हजार रुपैयाँ मात्र दियो। त्यति त नेपालमै पनि कमाउँथे। विदेशमा त चुपचाप ठगिनु पर्दोरहेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनी छुट्टीमा नेपाल आइन्। तर, दाजुले फेरि उता जान दिएनन्। दुःख गरेअनुसार कमाइ नहुँदा उनको पनि मन खुसी थिएन। अनि ठेँचोमा जग्गा भाडामा लिएर आफैँ तरकारी खेती सुरु गरिन्। छोराहरूलाई होस्टलबाट निकालेर आफैँसँग राख्न थालिन्। परिवार एकै ठाउँ हुन पाउँदा उनलाई आनन्द महसुस भएको थियो।

उनले खेती गरेकै ठाउँमा टहरो बनाएर त्यहीँ बसिन्। २८ वटा बाख्रा पालिन्। जग्गाको भाडा मात्र मासिक ६५ हजार रुपैयाँ तिर्थिन्। कमाइ राम्रै भइरहेको थियो। यस्तै क्रममा उनको भेट रोल्पा कुर्चावाङ्गकी मनकुमारी पुनसँग भयो। दुवैको घर रोल्पा भएको कारण पनि चाँडै हेलमेल भयो। उनै मनकुमारीले २०७५ सालमा फेरि विदेश जाने सल्लाह दिइन्।

नेपालमा जस्तो दुःख गर्नु नपर्ने र यसपटक कमाइ पनि राम्रो हुने बताइन्। त्यसमाथि मनकुमारीले आफ्नै भाइको म्यानपावर कम्पनी पनि रहेको र दक्षिण अमेरिकी देश सुरिनाम जाँदा धेरै पैसा कमिने लोभ देखाइन्। सुरुमा जान मन नगरेकी प्रमिलालाई मनकुमारीले अनेक सपना देखाइरहिन्। बिस्तारै प्रमिलाको पनि मन फिर्दै आयो। घरभित्रैको काम भएको बताएपछि दुःख धेरै नहुने हुँदा उनी जान राजी भइन्।

उनलाई लाग्यो– महिलाको दुःख महिलाले बुझ्छन्। उनले राम्रै सल्लाह दिएकी होलिन्। अनि विश्वासमा परिन्। उनलाई महिनाको डेढ लाखसम्म कमाइ हुने लोभ देखाइएको थियो।

मनकुमारीले ‘एड्भान्स’ दिनुपर्ने भनेर भिषा नलाग्दै पैसा मागिन्। पैसा दिएपछि मात्र प्रक्रिया बढ्ने बताएका कारण २०७५ भदौ १५ गते राम डाँगीको नाममा ४४ हजार पठाइदिइन्। थप पैसा चाहिने बताएपछि उनकी दिदी जमुनाले २०७६ असार २७ मा ४० हजार रुपैयाँ उनै रामलाई आईएमई गरेर पठाइदिइन्। 
उनीहरूले मागेअनुसारको बाँकी दुई लाख ७१ हजार पनि प्रमिलाले मनकुमारीलाई बुझाइन्। पैसा दिँदा उनले कुनै कागज गरिनन्। आफ्नै जिल्लाको भएकाले विश्वास गरिन्।

पैसा बुझाउन उनले भएका बाख्रा सबै बेचिन्। नपुगेको पैसा ऋण लिइन्। दुई छोरालाई दाजुले होस्टेलमा राखिदिए। आफू विदेश जाने तयारीमा लागिन्।

उनलाई २०७६ फागुनमा भारत हुँदै सुरिनाम जाने खबर आयो। नयाँदिल्लीमा म्यानपावरका मान्छे भरत डाँगी लिन आउने जानकारी दिइयो। भरतको घर पनि रोल्पा नै भएको मनकुमारीले बताइन्। मनकुमारीले नै उनलाई पहिला नेपालगञ्ज पठाइन्। त्यहाँ सल्यानका निमबहादुर बुढाथोकीसँग भेट भयो। उनीहरू रुपणिया नाका हुँदै भारत छिरे। निमबहादुर पनि सुरिनाम नै हिँडेका थिए।

नयाँदिल्ली पुगेपछि उनीहरूलाई लिन एक नेपाली आए। मनकुमारीले उनलाई अनलाइनबाटै भिषा आवेदन दिएको बताएकी थिइन्। भरतले दुवैलाई होटलमा राखे। भरतले २५ जनाको टोली सुरिनाम पठाउन लागेको बताए। साँझ भरत होटलबाट गए।

भोलिपल्टदेखि भरतले बोली फेरे। थप १० लाख रुपैयाँ दिए मात्र सुरिनाम मिल्ने, नभए नमिल्ने बताए। तर, प्रमिलासँग पैसा थिएन। कमाएजति मनकुमारीलाई बुझाइसकेकी थिइन्। पैसा नभएको बताएपछि एक हप्ता होटलमै बन्धक बनाइयो। 

उनलाई सुरिनाम पठाउने भनेर दिइएको ‘कन्ट्याक पेपर’मा क्यानडा लेखिएको थियो। त्यो कुरा उनले भारत पुगेपछि मात्र थाहा पाइन्। उनलाई शंका लाग्यो। यता, भरतले १० लाख नदिए भारतमै बस्नुपर्ने भन्दै धम्क्याउन थाल्यो। मनकुमारीलाई सुनाउँदा भरत नै मुख्य मान्छे भएको बताइन्। ‘त्यसपछि आफूलाई कतै भारतमै बेच्ने त होइन भन्ने चिन्ता लाग्न थाल्यो,’ उनी भन्छिन्, ‘अनि त्यहाँबाट उम्किनका लागि १० लाख दिने बताएँ। पैसा साट्न भनेर होटलबाट निस्किएँ।’

होटलबाट निस्किएपछि उनले काभ्रेका श्रेष्ठ दम्पती भेटिन्। उनहरूलाई सबै कुरा सुनाइन्। उनीहरूले घर फर्किन सुझाव दिए। उनी नेपाल आइन्। कोरोनाको पहिलो लहर नियन्त्रणका लागि लकडाउन हुनुभन्दा तीन दिनअघि नेपाल आइपुगेकी थिइन्। आउँदा गाडीमै आफ्नो मोबाइल हराइन्। 

मोबाइल हराएपछि मनकुमारीसँगको सम्पर्क नम्बर पनि हरायो। नेपाल आएपछि उनी बस्ने ठाउँसम्म पुगिन्। तर, मनकुमारी सम्पर्कविहीन भइन्। 

वैदेशिक रोजगारीको चक्करमा उनको करिब तीन लाख ५० हजार रुपैयाँ ठगी भयो। मनकुमारी बेपत्ता भए पनि उनका छोराछोरी र श्रीमान् नजिकै बस्छन्। मनकुमारीले १२ जनाबाट १६ लाख उठाएर भागेकी रहिछन्। ‘उनका श्रीमानलाई भन्दा मनकुमारीले  आफैँलाई छोडेर भागेको भन्दै बिलौना गर्छन्। कसलाई भन्नु? कता सम्पर्क गर्नु?’ उनी भन्छिन्।

उनले कता उजुर गर्ने भनेर थाहा नपाउँदा दुई वर्ष बित्यो। गएको महिना मात्र जावलाखेल प्रहरीमा निवेदन दिइन्। त्यहाँबाट प्रहरीले वैदेशिक रोजगार विभाग बुद्धनगर पठायो। विभागमा आएर वकिलसँग सल्लाह गरिन्। तर, उनीसँग पैसा दिएको प्रमाण थिएन। आईएमईबाट पैसा पठाएको ८४ हजारको भौचर मात्र छ। उनी मनकुमारीको नागरिकता र सामाजिक सञ्जालबाट निकालेको फोटो बोकेरै हिँड्छिन्। पैसा फिर्ता पाउने आधार भने छैन।

उनलाई अब आफू र छोराछोरी पालिने चिन्ता छ। छोराछोरी पढाउने चिन्ता छ। भविष्यमा अब के गर्ने सोच्नै पाएकी छैनन्। तर, न्यायको आशा पनि मरिसकेको छैन।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्