काठमाडौं– नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरी जेल चलान गरेको छ।
ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७४ चैत २० को फैसलाअनुसार १ वर्ष ६ महिना कैद र १० लाख रुपैयाँ जरिवाना हुने ठहर भएका धादिङ घर भइ हाल काठमाडौं–१४ कंलकी बस्ने चालिसे फरार थिए। उनलाई बिहीबार पक्राउ गरी जेल चलान गरिएको हो।
तत्कालीन समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृत रहेका चालिसेले २०७१ साउन ११ मा सम्पत्ति शुद्धीकरणको मुद्दा मिलाइदिन्छु भनी १० लाख रुपैयाँ लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट समातिएका थिए।
चालिसेलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाएको ब्यूरोले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।