• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशन : आरक्षण सिट सीमित नेताको कब्जामा

64x64
किशोर दहाल आइतबार, मंसिर २६, २०७८  ११:१४
1140x725

काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल २०६७ असोजमा सम्पन्न बाह्रौं महाधिवेशनमा महिला आरक्षणबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। २०७२ सालमा सम्पन्न तेह्रौं महाधिवेशनमा उनी फेरि सोही आरक्षणतर्फ उम्मेदवार बनिन् र केन्द्रीय सदस्यमा निर्वाचित भइन्। जारी चौधौं महाधिवेशनमा पनि उनले सोही आरक्षणतर्फ आफ्नो उम्मेदवारी दिएकी छन्।

पार्टीका नयाँ वा क्षमतावान् नेताहरुलाई नेतृत्वसम्म पुग्नको लागि सिढीको रुपमा राखिएको आरक्षण सिटहरु कसरी पुरानै वा औसत नेताहरुको कब्जामा छ भन्ने बुझ्न कांग्रेसका पछिल्ला तीनवटा महाधिवेशन (जहाँ केन्द्रीय सदस्यका लागि आरक्षणको व्यवस्था गरिएको छ) राम्रो उदाहरण हो। जसलाई भुसाल वा भुसाल जस्तै सीमित नेताहरुले उपभोग गरिरहेका छन् र पार्टीको केन्द्रीय सदस्यमा दोहोरिरहेका छन्।

बाह्रौं र तेह्रौं महाधिवेशनमा महिला आरक्षण (खुला) तर्फ ६ सिट छुट्याइएको थियो। बाह्रौं महाधिवेशनमा निर्वाचित भएका पुष्पा भुसाल, कमला पन्त, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने तेह्रौं महाधिवेशनमा सोही अधिकारबाट निर्वाचित भए। भुसाल, बस्नेत र न्यौपाने चौधौं महाधिवेशनमा पनि अधिकार उपभोग गर्न खोजिरहेका छन्। उनीहरुसँगै थपिएका छन्, महिला आरक्षण (खुला) तर्फबाट तेह्रौं महाधिवेशनमा जितेका डिला संग्रौला र सरिता प्रसाईं। चौधौं महाधिवेशनमा महिला आरक्षण (खुला) तर्फ ९ सिट छुट्याइएको छ।

यसपटक केन्द्रीय सदस्यका लागि दलित (खुला) आरक्षणतर्फ उम्मेदवारी दिएका मीन विश्वकर्मा बाह्रौं र तेह्रौं महाधिवेशन सोही अधिकार प्रयोग गरी निर्वाचित भएका थिए।(उनले उम्मेदवारी फिर्ता लिएका छन्।) यसपटक दलित (महिला) तर्फ सुजाता परियार, कविता सरदार वातर र लक्ष्मी परियारको पनि उम्मेदवारी परेको छ। सुजाताले बाह्रौं र तेह्रौं महाधिवेशन, सरदारले बाह्रौं र लक्ष्मीले तेह्रौं महाधिवेशनमा यही आरक्षण अन्तर्गत जितेर केन्द्रीय सदस्य भएका थिए। दलिततर्फबाट केन्द्रीय सदस्यको लागि बाह्रौं र तेह्रौं महाधिवेशनमा ३ महिलासहित ५ सिट र चौधौंमा ४ महिलासहित ९ जना छुट्याइएको छ।

त्यस्तै, आदिवासी जनजाति (खुला र महिला) तर्फबाट चीनकाजी श्रेष्ठ, बहादुर सिंह लामा, सीता गुरुङ, रत्ना श्रेष्ठ पनि दोहोर्याएर, तेहेर्याएर आक्षरण अधिकार लिन खोजिरहेका छन्। भीष्मराज आङ्दम्बे त बाह्रौं महाधिवेशनमा आदिवासी जनजातितर्फबाट निर्वाचित भएका थिए, तेह्रौं महाधिवेशनमा प्रदेशतर्फबाट निर्वाचित भए।

Ncell 2
Ncell 2
nimb
nimb

मधेसी (खुला) अन्तर्गत अजय चौरसियाले बाह्रौं र तेह्रौं महाधिवेशनमा विजय हासिल गरेका थिए। चौधौं महाधिवेशनमा पनि उनी सोही अधिकार प्रयोग गर्दै छन्। बाह्रौं मधेसी (महिला)बाट विजयी भएकी मिनाक्षी झा र तेह्रौंमा विजयी भएकी किरण यादवले चौधौं महाधिवेशनमा पनि सोही अधिकार प्रयोग गर्दैनन्।

बाह्रौं महाधिवेशनमा १४ अञ्चलबाट एकएक जना तथा तेह्रौं र चौधौं महाधिवेशनमा प्रत्येक प्रदेशबाट दुईदुई जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसमा छ। यो अधिकारलाई पटकपटक उपयोग गर्नेमा केही नेताहरु छन्। आनन्द ढुंगाना र रमेश रिजाल बाह्रौं र तेह्रौं महाधिवेशनमा यसैअन्तर्गत निर्वाचित भएका थिए। चौधौंमा उनीहरु दुवै प्रदेश २ तर्फबाट उम्मेदवार बनेका छन्। त्यस्तै, कृष्णचन्द्र नेपाली, देवेन्द्रराज कँडेल तथा हृदयराम थानीले पनि यही अधिकारको प्रयोग गर्दै केन्द्रीय कमिटी पुग्ने बाटो हेरेका छन्।

तर सबैले आरक्षणको अधिकार कब्जा गरेर बसेका छन् भन्नेचाहिँ होइन। कतिपय खुलातर्फबाट केन्द्रीय सदस्य र कतिपय पदाधिकारीका प्रतिस्पर्धी पनि भएका छन्।

तेह्रौं महाधिवेशनमा आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्य जितेका कल्याण गुरुङ यसपटक सभापतिका उम्मेदवार भएका छन्। बाह्रौं र तेह्रौं महाधिवेशनमा महिला (खुला)बाट केन्द्रीय सदस्य निर्वाचित कमला पन्त र बाह्रौं महाधिवेशनमा महिला (खुला) मा निर्वाचित र तेह्रौं महाधिवेशनमा खुलातर्फ पराजित महालक्ष्मी उपाध्यक्ष डिना यसपटक सहमहामन्त्री (महिलातर्फ) को उम्मेदवार भएका छन्।

त्यस्तै, बाह्रौं र तेह्रौं महाधिवेशनमा दलित (खुला)तर्फबाट निर्वाचित मानबहादुर विश्वकर्मा र जीवन परियार यसपटक सहमहामन्त्री (दलिततर्फ) उम्मेदवार भएका छन्। बाह्रौं महाधिवेशनमा आदिवासी जनजाति (खुला) तर्फबाट केन्द्रीय सदस्य निर्वाचित भीष्मराज आङदम्बे यसपटक सहमहामन्त्री (आदिवासी जनजाति)को उम्मेदवार भएका छन्।

बाह्रौं र तेह्रौं महाधिवेशनमा मधेसी (खुला) तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित महेन्द्र यादव र तेह्रौं महाधिवेशनमा मधेसी (खुला) तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित रामकृष्ण यादव अहिले सहमहामन्त्री (मधेसीतर्फ) को उम्मेदवार भएका छन्। सहमहामन्त्री (मुस्लिमतर्फ)का उम्मेदवार फरमुल्लाह मन्सुर तेह्रौं महाधिवेशनमा मुस्लिमतर्फबाट केन्द्रीय सदस्य भएका थिए।
 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्