• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

माओवादी केन्द्रको प्रदेश सम्मेलन : यी हुन् दाबेदार

64x64
नेपाल लाइभ शनिबार, मंसिर २५, २०७८  १३:०५
1140x725

काठमाडौं-  नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलनको उद्घाटन शनिबार हुँदै छ। दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेश सम्मेलनमा सहभागी भएर त्यहीबाट बाँकी प्रदेशको सम्मेलन भर्चुअल रुपमा गर्ने छन्।

प्रदेश सम्मेलनसँगै नेतृत्वमा आउन चाहने नेताहरुबीच प्रतिस्पर्धा चल्न थालेको छ। सात भौगोलिकसहित तीन गैरभौगोलिक प्रदेशको नेतृत्वका लागि नेताहरु आ–आफ्नो लविङमा लागेका छन्।

प्रदेश अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि केन्द्रीय सदस्य भन्दा तलबाट हुन पाउने व्यवस्था गरिएको छ। केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी दुवैमा बस्न नपाउने व्यवस्था भएपछि पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएर भए पनि नेताहरु प्रदेश अध्यक्षमा दाबी गर्न थालेका छन्। 

प्रदेश-१ मा केन्द्रीय सदस्यबाट अध्यक्ष दाबी, दुईमा पालिका अधिवेशन हुन बाँकी

प्रदेश-१ अध्यक्षका लागि सुदन किराती, इन्द्र आङबो, हेमराज भण्डारी, सुरेशकुमार राई प्रतिस्पर्धामा रहेको एक नेताले बताए। चारै जना पार्टी केन्द्रीय सदस्य छोडेरै भएपनि प्रदेश अध्यक्षमा जान इच्छुक भएका छन्।

हाल प्रदेश अध्यक्ष सुरेशकुमार राई सचिव हेमराज भण्डारी भए पनि दुवैले अध्यक्षमा इच्छा देखाएका छन्। यस्तै प्रदेश-२ अध्यक्ष प्रभु साह एमाले प्रवेश गरेपछि अध्यक्षमा प्रह्लाद बुढाथोकी र सचिवमा श्रवण यादव छन्। पार्टीबाट ढिलोगरी अध्यक्ष र सचिवको जिम्मेवारी तोकिएकाले पालिका सम्मेलन गर्न अझै बाँकी रहेकाले प्रदेश नेतृत्वका दाबेदार नदेखिएको केन्द्रीय सदस्य विश्वनाथ साहले बताए।

‘प्रदेश-२ मा अध्यक्ष र सचिव ढिलोगरी तोकियो। त्यसैले अझै ३० प्रतिशत भन्दा धेरै पालिकाको सम्मेलन हुन पाएको छैन’ साहले भने,‘आज प्रदेश सम्मेलन सकिएपछि पुस ३ गते मात्रै प्रदेशको बन्दसत्र हुने छ। त्यसपछि मात्रै प्रदेश नेतृत्वका दाबेदार देखिन सक्छन्।’ अहिले नै प्रदेश नेतृत्वमा को-को आउँछन् भन्न सकिने अवस्था नरहेको साहले बताए। प्रदेश अध्यक्ष बुढाथोकी सकेसम्म प्रदेश अध्यक्षमा दोहोर्‍याएर बस्ने पक्षमा देखिएका छैनन्। 

बागमती र गण्डकीमा केन्द्रीय सदस्यबाट अध्यक्षमा दाबी 

nimb
nimb
Ncell 2
Ncell 2

बागमती प्रदेश अध्यक्षमा नारायण दाहाल र सचिव अन्जना विशंखे छन्। दुबै नेता प्रदेश अध्यक्ष र सचिव नदोहोरिने पक्षमा छन्। 

त्यसैले प्रदेश अध्यक्षका लागि सरल सहयात्री, प्रदेश सांसद विशाख खड्का, डिपी ढकाल, दिनानाथ गौतम दाबेदार देखिएका छन्। जसमध्ये सहयात्री, खड्का र गौतमबाटै एक जनाबाट अध्यक्ष र सचिव हुने देखिएको एक नेताले बताए। उनीहरु तीनै जना केन्द्रीय समितिमा समेत छैनन्।

यस्तै गण्डकी प्रदेश अध्यक्ष हरिराज अधिकारी र सचिव देवेन्द्र पराजुली छन्। दुवै जनाले अध्यक्षमा इच्छा देखाएका छन्। यस्तै केन्द्रीय सदस्य राजकाजी गुरुङ, नेता रामजी बरालले अध्यक्षमा दाबी गरेका छन्। तर, केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले केन्द्रीय सदस्यबाट प्रदेश अध्यक्ष र सचिव नहुने दाबी गरे।

‘हामीले सकेसम्म केन्द्रीय सदस्यबाट प्रदेश अध्यक्ष र सचिव नबनाउने भन्ने छ’ पराजुलीले भने, ‘प्रदेश र जिल्ला कमिटीमा भएका साथीहरुबाट सर्वसम्मत रुपमा प्रदेश अध्यक्ष र सचिव बनाउने भन्ने छ।’ 

लुम्बिनी र कर्णालीमामा केन्द्रीय नेताकै दाबी

यस्तै लुम्बिनी प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज शर्मा ‘डाईमन’ दीपेन्द्र पुन‘सिजल’ र तेजबहादुर ओली प्रतिस्पर्धामा छन्। प्रदेश अध्यक्ष पाएमा तीनै जना केन्द्रीय सदस्य छोड्न तयार भएका छन्। त्यसमध्ये शर्मा र पुनमध्ये एक जना अध्यक्ष हुन सक्ने एक नेताले बताए। हाल प्रदेश अध्यक्ष ओन्सरी घर्ती र सचिव जगप्रसाद(जेपी) शर्मा छन्। यस्तै कर्णाली प्रदेश अध्यक्ष हुन सबैभन्दा धेरै मारामार छ। कर्णाली प्रदेशका हाल अध्यक्ष राजकुमार शर्मा, सचिव रामदीप आचार्य दुवै जना अध्यक्षको दावेदार रहेका छन्। यस्तै केन्द्रीय सदस्य टेकबहादुर बस्नेत, कालिबहादुर मल्ल, प्रदेश सांसद गोपाल शर्मा, सांसद विन्दमान विष्टले अध्यक्षमा इच्छा देखाएका छन्। यि अध्यक्षकै दाबेदारबाट अध्यक्ष र सचिव हुन सक्ने एक नेताले बताए। 

यस्तै सुदूरपश्चिम प्रदेश अध्यक्ष र सचिव पदका लागि धेरै जनाले इच्छा देखाएका छन्। जसमा केन्द्रीय सदस्य विरमान चौधरी, नेबहादुर चौधरी, हरिलाल चौधरी,नरेन्द्र कुँवरले अध्यक्षमा दाबी गरेका छन्। हालका अध्यक्ष सरद्सिंह भण्डारी र सचिव देवीलाल चौधरीले पनि अध्यक्षमा इच्छा देखाएका छन्। सुदूरपश्चिम प्रदेशमा सबै समुदायको प्रतिनिधित्व हुने गरि अध्यक्ष र सचिव फरक फरक समुदायको बनाउने तयारी छ। 

गैर भौगोलिकको अवस्था उस्तै 

अहिले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष लेखनाथ न्यौपाने, सम्पर्क समन्वय कमिटि अध्यक्ष सत्या पहाडी र  प्रवास कमिटी  अध्यक्ष ओम शर्मा छन्।

गैरभौगोलिक प्रदेश भएकाले अध्यक्ष र सचिवमा तुलनात्मक रुपमा भौगोलिक प्रदेश भन्दा कम प्रतिस्पर्धा देखिएको छ।

उपत्यका विशेष प्रदेश अध्यक्ष लेखनाथ न्यौपानेले अध्यक्ष नदोहोर्‍याउने बताइसकेका छन्। यसो हुँदा पूर्व विद्यार्थी नेताहरु रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, विजय गौतम, इन्द्र भुसाल, दिपेश पुन लगायत नेताले इच्छा देखाएका छन्। तर, पूर्व अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आफू उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष भन्दा पार्टी केन्द्रीय सदस्यमा जान खोजेको बताए।

यस्तै बागमती प्रदेश सांसद एवम् मजदुर नेता जगत सिंखडा समेतले अध्यक्ष दाबी गरेका छन्। यस्तै सम्पर्क समन्वय कमिटी अध्यक्ष सत्य पहाडीले सर्वसम्मत रुपमा प्रदेश पदाधिकारी टुंगो लगाउने बताइन्। अहिले नै प्रदेश नेतृत्वको विषयमा भन्न नसकिने पहाडीको भनाइ छ। यस्तै प्रवास कमिटीमा पुरानै टिम दोहोरिने सम्भावना रहेको बताइएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्