काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठक सुरु भएको छ। आफ्नोपक्षबाट सभापतिको उम्मेदवार टुङ्ग्याउन पौडेलपक्षीय नेताहरु बैठकमा जुटेका हुन्।
बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएको छ। उक्त बैठकमा सभापतिका दाबेदारहरु सबै सहभागी हुने बताइएको छ।
महाधिवेशन उद्घाटन भइसक्दा पनि पौडेलपक्षले सभापतिको उम्मेदवार टुङ्ग्याउन सकेको छैन।
उद्घाटनसत्र सकिएलगत्तै नेताहरु बत्तीसपुतलीमा पुगेका थिए। बैठकस्थलमा पौडेलपक्षका कार्यकर्ता पनि भरिन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।