काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशमा महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन्। बिहीबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच उनले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका हुन्।
थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन नेपाली कांग्रेसको पुनर्जागरण र रुपान्तरणको लागि आफ्नो अवधारणापत्र सार्वजनिक गरेका हुन्।
कार्यक्रममा थापाले आफूले विद्यार्थी आन्दोलन, सांसद तथा मन्त्रीको रुपमा काम गर्दा कांग्रेस सदस्यको शीर निहुर्याउन नदिएको बताए। ‘यो केटो, साथी, भाइ, दाइ, छोरा कांग्रेस हो भन्दै गर्दा ‘यस्तो पनि कांग्रेस हुन्छ’ भन्ने अवस्था मैले आउन दिएको छैन’, उनले भने, ‘भोलि महामन्त्री हुँदै गर्दा पनि, तपाईंले मलाई मत हाले पनि, नहाले पनि, म महामन्त्री भएर काम गर्दै गर्दा नेपाली कांग्रेसको महामन्त्री गलत व्यक्तिलाई छानिएछ भनेर एक क्षण पनि तपाईंले सोच्ने अवस्था आउने छैन।'
उनले कांग्रेसको महामन्त्री भएर पार्टीको गौरवशाली परम्परालाई ठेस नपुर्याइकन अगाडि बढाउने बताए। ‘थप समृद्ध बनाउनेछु भन्ने विश्वास लिएर, सपथ खाएर तपाईंहरुको बीचमा उभिएको छु’, उनले भने, ‘बाँकी तपाईंहरुको हातमा छ। तपाईंहरुले जिम्मा दिँदै गर्दा त्यो विवेकको मतलाई एउटा मतमाथि पनि अन्याय हुन दिन्नँ।‘
यस्तो छ थापाको अवधारणापत्र:
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।