काठमाडौं– भारतीय सेनाका प्रमुख बिपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) रावत सवार हेलिकोप्टर भारतको तमिलनाडुको कन्नुर क्षेत्रमा बुधबार दुर्घटनामा परेको हो।
समाचार एजेन्सी एनआइका अनुसार सुलुर एयरबेसबाट वेलिङ्गटन गइरहेको हेलिकोप्ट दुर्घटनामा परेको हो।
हालसम्म प्राप्त जानकारीअनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको बताइएको छ।
हेलिकोप्टरमा सेना प्रमुखसँगै १४ जना वरिष्ठ अधिकारीहरु सवार थिए। उनको परिवार पनि हेलिकप्टरमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हेलिकोप्टर पूर्ण रुपमा क्षतीग्रस्त भई आगजनी भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।