काठमाडौं- आगामी महाधिवेशनमा सभापतिको लागि एक जना मात्रै उम्मेदवार उभ्याउन प्रयासरत रहेको रामचन्द्र पौडेल पक्षको भेला जारी छ। बत्तिसपुतलीमा जारी भेलामा विभिन्न विकल्पमा छलफल भइरहेको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए।
उनका अनुसार रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला तथा प्रकाशमान सिंह सबैको दाबी यथावत् छ। ‘अहिलेसम्म चार जना नै दाबेदार हुनुहुन्छ। शशांक कोइरालाले ‘तपाईंहरु मिलेर आउनुहुन्छ भने म बाधक हुँदिनँ’ भन्नुभएको हो,’ उनले भने, ‘तर, मिल्ने कुरामा सबैजना सहमत हुनुहुन्छ। आजसम्म यो कुरा टुंगो गर्न सकिएन भने ढिलो हुन्छ।’
भेलामा नेताहरुले आफ्नो कुरा राख्ने क्रम जारी रहेको एनले बताए। एक जना उम्मेदवार बनाउन सफल हुने उनले बताए। ‘सबै जनाको व्यवस्थापन हुने, पावर सेयरिङ, राजनीतिमा त्याग पनि महत्त्वपूर्ण कुरा हो। त्याग गर्न अघि सर्नेहरुको इतिहासले मूल्यांकन गर्छन् भन्ने सम्मको भावनात्मक कुरा पनि आइरहेका छन्। सहमति पुग्नेमा नेताहरुको अठोट बढेर गएको छ,’ पाण्डेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।