काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफू पक्षीय नेताहरुको बैठक सुरु भएको छ।
कांग्रेसको आसन्न महाधिवेशनका लागि उम्मेदवार छनोट गर्न देउवाले आफूपक्षीय नेताहरुलाई बुधबार बूढानीलकण्ठस्थित निवासमा बोलाएका थिए।
बिहान ९ बजेका लागि बोलाइएको बैठक भर्खरै सुरु भएको हो। बैठकमा देउवापक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, संस्थापनपक्षका नेता कार्यकर्ता सहभागी छन्।
बैठकबाट आगामी महाधिवेशनका लागि पदाधिकारीको उम्मेदवार छान्ने तयारी देउवाले गरेका छन्।
कांग्रेस महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।