काठमाडौं– नेपाली कांग्रेस महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन भएको छ।
महाधिवेशन केन्द्रीय निर्वाचन समितिले देशभरबाट प्राप्त नामका आधारमा ४३ सय १९ जनाको नामावली प्रकाशित गरेको हो।
कांग्रेसको महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदै छ।
अन्तिम सूची भने मंसिर २४ गते विहान १० बजे प्रकाशन हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।