काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता डा शेखर कोइरालाले संस्थापन इतर पक्षबाट साझा उम्मेदवार तय गर्न भनेर बुधबार बस्ने बैठकमा आफू सहभागी नहुने बताएका छन्।
साझा उम्मेदवार तय गर्नका लागि भनेर मंगलबार नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकबाट बाहिरिने क्रममा कोइरालाले भोलि (बुधबार)को बैठकमा सहभागी नहुने बताएका हुन्।
'भोलिको बैठकमा म जान्नँ। अरु नेताहरु जानुहुन्छ,' कोइरालाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।