काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसले युक्रेनमाथि आक्रमण गरे त्यसको आर्थिक परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन्।
वाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई यस्तो चेतावनी दिएका हुन्। पुटिनले मंगलबार अमेरिकी राष्ट्रपति वाइडेनसँग भिडियो कन्फरेन्समार्फत वार्ता गर्न अमेरिकी अधिकारीले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
वाइडेनले पुटिनसँगको वार्ताका क्रममा यदी रुसले युक्रेनमाथि आक्रमण गरे यसको परिणाम महँगो पर्नेबारे सचेत गर्ने उनको भनाइ छ।
केही दिन अघि अमेरिकी जासुसी संस्थाले आगामी वर्षको सुरुआतमा रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने दाबी गरेको थियो। युक्रेनको सीमा नजिक ९४ हजार रुसी सैनिक तैनाथ रहेको र रुसले युक्रेनको सीमामा ठूलो मात्रामा हतियार पुर्याएको दाबी गरिएको छ।
जासुसीको रिपोर्टपछि वाइडेनले भनेका थिए, 'यदी रुसले युक्रेनमाथि आक्रमण गरे अमेरिका चुप लागेर बस्ने छैन। हामी पुटिनको उक्त लक्ष्यलाई पूरा हुन दिने छैनौं।'
युक्रेनमा बिगत वर्षदेखि गृहयुद्ध चलिरहेको छ। रुसले २०१४ मा क्रिमियामाथि कब्जा गरेको थियो।
युक्रेनको पूर्वी हिस्सामा सक्रिय अलगाववादिलाई पनि समर्थन गर्छ।
तर, रुसले भने युक्रेनमा जारी संघर्षमा आफ्नो सहभागितालाई लिएर इन्कार गरिरहेको छ।
युक्रेनले पश्चिमा देशको सुरक्षा संगठन नेटोको सदस्य बन्न चाहेको छ तर रुसले भने त्यसलाई रोक्न खोजिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।