काठमाडौं– अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहयता प्रदान गरिएको छ। संयुक्त राष्ट्रसंघको पहल र समन्वयमा सहयता प्रदान गरिएको हो।
संयुक्त राष्ट्रसंघको मानवीय सहयतासम्बन्धी एजेन्सी ओचाका अनुसार यहाँ संयुक्त राष्ट्रसंघीय साझेदार निकायहरुले मानवीय सहयता वितरणको कार्यको समन्वय गरिरहेका छन्।
सोही निकायको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको हो। यसरी गरिएको सहायतामा गत हप्ता मात्र नानगाहार प्रान्तका ८१ हजार जनाले प्राप्त गरेका हुन्।
त्यसैगरी कुनार, नुरिस्तान र पाक्टिया क्षेत्रका करिब २ लाख ८४ हजार जनाले दुई हप्तायतादेखि मानवीय सहयता र विशेषगरी जाडो मौसमका लत्ताकपडा तथा खानाहरु प्राप्त गरेका छन्।
अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले यहाँ मानवीय सहायतासम्बन्धी सामग्री पठाइरहेका छन्। यी सामाग्रीहरुमा विशेषगरी खाद्य सामग्री र लत्ताकपडा रहेका छन्।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यहाँ यस्तो आवश्यकता परेका नागरिकलाई सहायता उपलब्ध गराइएको छ।
यहाँ मानवीय सहायता उपलब्ध गराउने कार्यलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा ठूलो अभियानको मानवीय सहायताका रुपमा लिएको छ। अफगानिस्तानका सबै प्रान्तमा यस्तो सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।