काठमाडौं– मंसिर २४ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधिका लागि बस्न तीन ठाउँमा होटल बुकिङ गरिएको छ।
प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालामा बस्ने व्यवस्था गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बताए।
हालसम्म तीन हजार ८ सय प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको उनले बताए। महाधिवेशनमा चार हजार ७ सय प्रतिनिधि सहभागी हुने उनको भनाइ छ।
समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ।
महाधिवेशनमा सहभागी हुनेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड र बसुन्धरामा रहेको दियालो फुडल्याण्डमा भोजनको व्यवस्था गरिने पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।