काठमाडौं- नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पदबाट राजीनामा दिएकी छन्। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेपछि उनले सोमबार सामाजिक सञ्जालमार्फत् पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्।
उनले आफू राजनीतिमा सक्रिय भएकाले महासंघको उपाध्यक्षबाट राजीनामा दिएको सामाजिक सञ्जालमा लेखेकी छन्। ‘महासंघको २६औं महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर नेतृत्वमा पुर्याउनुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु। म महासंघको नेतृत्वमा नरहे पनि मतको उच्च सम्मान र हर हमेशा तपाईंहरुको माझ सुख दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर,’ उनले लेखेकी छिन्।
उनले महासंघको विधान र पत्रकार आचारसंहिताको पालना गर्नु आफ्नो प्रमुख कर्तव्य रहेको हेक्का भएको बताएकी छन्। पत्रकारहरू पनि दलहरूको अधिवेशनमा धमाधम उम्मेदवार बन्न थालेपछि महासंघले आफ्ना सदस्यहरूलाई पत्रकारिता वा राजनीतिमध्ये एउटा रोज्न भनेको थियो। सोही अनुसार उनले राजीनामा गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।