काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ महामारीले खडा गरेको चुनौतीहरूको बाबजुद पनि भारत–रूस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताएका छन्।
रूसी राष्ट्रपतिसँग सोमबार वार्षिक शिखर बैठकमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले दुई देश बीचको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अझै बलियो हुँदै गइरहेको टिप्पणी गरेका छन्।
‘कोभिड–१९ द्वारा उत्पन्न चुनौतीहरूको बावजुद, भारत–रूस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन आएको छैन। हाम्रो विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अझै बलियो हुँदै गइरहेको छ,’ उनले भने।
२१औँ भारत–रुस वार्षिक शिखर सम्मेलन यहाँ हैदरावाद हाउसमा हुँदैछ। सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो।
रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो ।
यसअघि दुई देशबीच पहिलो पटक २+२ मन्त्रीस्तरीय वार्ता भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।