काठमाडौं– बेल्जियमको राजधानी ब्रसेल्समा सरकारले कोरोना भाइरस रोकथामका लागि जारी गरिएको प्रतिबन्धविरुद्ध विरोध प्रदर्शन गरिएको छ।
हजारौं प्रदर्शनकारीहरूले आइतबार बेल्जियमको राजधानी ब्रसेल्समा विरोध प्रदर्शन गरेका हुन्।
ईयुको कार्यालय अगाडि भएको उक्त प्रदर्शनमा कालो हुडी लगाएका र स्वतन्त्रताको नारा लगाएका प्रदर्शनकारीहरूको समूहले प्रहरीलाई ढुङ्गा प्रहार गरेका थिए।
उक्त प्रदर्शन हिंसात्मक बन्न पुगेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्दै प्रदर्शनकारीहरूलाई तितरबितर पारेका थिए।
प्रदर्शनकारीहरूले अक्टोबरबाट लागु गरिएको नियमहरूको विरोध गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।