काठमाडौं- अमेरिका र सहयोगी राष्ट्रले पूर्व अफगान सुरक्षाकर्मीलाई निशाना नबनाउन तालिवानलाई चेतावनी दिएका छन्।
२२ देशले एक साझा विज्ञप्ति जारी गर्दै तालिबानको इस्लामी सरकारलाई पूर्व सरकारका कर्मचारी र सुरक्षाबललाई निशाना नबनउने आफ्नो प्रतिबद्धतामा कायम रहन भनेका हुन्।
विज्ञप्तिमा भनिएको छ, 'हामी निरंकुश हत्या र मानिस बेपत्ता हुने रिपोर्टबाट निकै चिन्तित छौं।' यसमा ह्युमन राइट्स वाचको रिपोर्ट उल्लेख गरिएको छ जसमा दाबी गरिएको थियो कि तालिबान शासनका क्रममा अहिलेसम्म सय भन्दा धेरै सुरक्षाकर्मीको निरंकुश हत्या गरिएको छ।
तालिबानले चार महिना पहिला अफगानिस्तानमा नियन्त्रण गरेको थियो।
ह्युमन राइट्स वाचले ४७ सुरक्षाकर्मीको डेटा जुटाएको थियो जसले तालिबानसमक्ष आत्मसमर्पण गरेका थिए र पछि उनीहरुको हत्या भएको थियो।
अमेरिका, बेलायत, युरोपेली संघसहित १९ अन्य देशले उक्त विज्ञप्तिमा हस्ताक्षार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।