फाइल तस्बिर
काठमाडौं– रुसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ। रसिया भारत सम्मेलनको २१औं वार्षिक उत्सवका अवसरमा सोमबार दुई नेताबीच भेटवार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् २००० मा पहिलो पटक भारतको भ्रमण गरेपछि पुटिनले वार्षिक रसिया भारत सम्मेलन सुरु गरेका थिए। पहिलो भेटमा उनले तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेहीसँग भेट गरेका थिए।
सन् २०१९ को नोभेम्बरपछि पहिलो पटक पुटिन र मोदीबीच प्रत्यक्षभेट हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भेटका अवसरमा दुई देशबीच रक्षा, प्रविधि, उर्जा,लगानीलगायतका क्षेत्रमा सम्झौता हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।