काठमाडौं- नेपाली कांग्रेसको अगुवाइमा लोकतान्त्रिक बृहत् मोर्चा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। आगामी चुनावमा लोकतान्त्रिक शक्तिबीच तालमेल गरेर जाने निर्णय गरे लगत्तै कांग्रेसले राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई बैठकमा बोलाएको हो।
बैठकमा कांग्रेसका शीर्ष नेताहरुसहित राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, दुवै राप्रपाका कमल थापा र पशुपति शमशेर राणा, संघीय समाजवादी फोरमका उपेन्द्र यादव, फरम लोकतान्त्रिकका विजय गच्छदार लगायतका नेता छलफलमा छन्।
आजै दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस कार्यव्यवस्था समिति बैठकले छरिएर रहेका लोकतान्त्रिक शक्तिहरुलाई एकीकरण गरेर लैजाने निर्णय गरेको थियो। कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वाम एकता भएसँगै कांग्रेसले पनि लोकतान्त्रिक शक्तिबीच एकताको अभियान थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।