फाइल तस्बिर
साना- साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ।
राजधानी सानामा यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो हमला भएको हो। सो हवाई हमलाबाट यमनी राजधानी सानामा हुथीहरुले सञ्चालन गर्दै आएका तीन वटा क्याम्प नियन्त्रणमा लिइएको छ। ती क्याम्पमा रहेका केही खाद्य भण्डारण पनि सो सेनाले ध्वस्त पारिदिएको बताएको छ।
अल अनाबमा रहेका ती खाद्य भण्डारणहरु सेनाले कब्जामा लिएको छ। यहाँका हुथी विद्रोहीहरुले उक्त क्षेत्रमा क्याम्प सञ्चालन गरेका छन् भने उनीहरुले केही स्थान आफ्नो कब्जामा पनि लिएका छन्। शुक्रबार मात्र पनि यमनको उत्तरपश्चिमी प्रान्त सादामा सो सेनाले कारबाही गरेको थियो। कारबाहीका क्रममा केही हुथी विद्रोहीहरु मारिएका बताइएको थियो।
साउदी नेतृत्वको सेनाले सो सादा क्षेत्रमा विगतदेखि नै कारबाही गर्दै आएको छ। उता केही दिन यतादेखि यमनको मारिब सहरमा पनि सायदी सेनाले लगातार हवाई आक्रमण पनि गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।