काठमाडौं– नेपाली कांग्रेस सुदूरपश्चिममा प्रदेश सभापतिमा देउवा पक्षको जित निश्चित बनेको छ। अधिवेशनअन्तर्गत शनिबार नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना जारी छ।
प्रदेशमा कुल खसेको मत १००३ मध्ये हालसम्म ८०६ मत गणना हुँदा सभापति शेरबहादुर देउवा पक्षको जित निश्चत बनेको हो। प्रदेशको सभापतिमा वीरबहादुर बलायरले ५५३ मत ल्याउँदा प्रतिस्पर्धी नारायणदत्त मिश्रले २२९ मत्र मात्र ल्यएका छन्। अब गन्न बाँकी सबै मत विपक्षीले पाउँदा पनि बलायरको जित निश्चित बनेको हो।
त्यसैगरी, उपसभापति जनकराज चौधरीले ४८६, लोकराज अवस्थीले ४२७, गोपाल सिंह गुरुङले २२९, मानबहादुर रावलले २१८ तथा हिमबहादुर रावलले ९२ मत ल्याएका छन्। महामन्त्री पदमा मेघराज खड्काले ५१९ मत ल्याउँदा नरनारायण शाह मनुले ५११ मत ल्याएका छन्। रामबहादुर शाहीको २५६ तथा प्रताप गुर्धामीको १७८ मत रहेको छ।
सहमहामन्त्रीतर्फ भने गोपालदत्त भट्टले ४२९, चिन्तामणि भट्टले ४२९, पदमराज पन्तले २०६, नरेन्द्रप्रसाद भट्टले १७९, लक्ष्मणबहादुर शाहीले १२३ तथा हर्कबहादुर स्वाँरले ५८ मत मात्र ल्याएका छन्।
त्यसैगरी, सहमहामन्त्री (महिला) तर्फ अम्बिकाकुमारी चलाउनेले ५५४ मत ल्याउँदा खिना भण्डारीले १८० मतमात्र ल्याउकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।