काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको भाउ घटेको छ। लगातार छैटौं साता पेट्रोलियम पदार्थको भाउ घटेको हो। सन् २०१८ यता पहिलोपटक लामो समयसम्म तेलको भाउमा घटेको हो।
पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) र उसका सहयोगीले तेल उत्पादन बढाएसँगै तेलको भाउ घटेको हो।
ओपेक र उसका सहयोगी मुलुकले आगामी जनवरीबाट प्रतिदिन ४ लाख ब्यारेलले उत्पादन बढाउने निर्णय गरेका छन्। पछिल्लो समय तेलको माग अत्यधिक हुँदा भाउ घटेको थिएन।
यस साता अमरिकी कच्चा तेलको भाउ २.८ प्रतिशतले घटेको छ।ओमिक्रोन भेरियन्टबारे फैलिएको आशंकाले प्रतिब्यारेल ८५ डलरको हाराहारीमा पुगेका अमेरिकी कच्चा तेलको भाउ घटेको हो।
त्यस्तै, ब्रेन्ट कच्चा तेलको भाउ घटेको छ। ब्रेन्ट कच्चा तेलको भाउ अहिले प्रतिब्यारेल ७० डलरभन्दा कम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।