काठमाडौं– कोरोना संक्रमणलाई रोक्न जारी गरिएको लकडाउनविरुद्ध अस्ट्रियाका जनताहरुले विरोध गरेका छन्।
शनिबार राजधानी भियानमा जम्मा भएका हजारौं नागरिकले सरकारले जारी गरेको लकडाउनविरुद्ध मार्च पास गरेका हुन्।
बढ्दो दैनिक संक्रमण र नयाँ भेरियन्ट देखिन थालेपछि सरकारले गत महिना २० दिने लकडाउन जारी गरेको थियो। अस्ट्रिया पुन: लकडाउन लागु गर्ने पश्चिमी युरोपको पहिलो देश हो।
मार्च पासमा सहभागीहरुले ‘म आफैले निर्णय गर्नेछु’ र ‘मेक अस्ट्रियाऽ ग्रेट अगेन’ जस्ता नारा लगाएका थिए।
मध्य भियनाको रिङ बुलेभार्डमा मार्चमा प्रदर्शनहरूलाई सम्हाल्न करिब १२ सय प्रहरी तैनाथ गरिएको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।