काठमाडौं- नेपाल महिला रेस्लिङ प्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ।
प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ खेलाडीको सहभागिता रहने आयोजक प्रतिष्ठानकी अध्यक्ष भगवती खड्काले जनाएकी छन्।
नेपालबाट १०, भारत र पाकिस्तानबाट समान २–२ तथा अमेरिकाबाट १ रेस्लर सहभागी हुने छन्। एकदिने प्रतियोगिताका खेलहरु भृकुटिमण्डपमा खेलाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।