काठमाडौं– एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुट दिन आइएसओएन हेल्थकेयरसँग सम्झौता भएको छ्।
सम्झौताअनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरुले आइएसओएनमार्फत् भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओ एनका अध्यक्ष विवेक गुप्ताबीच हस्ताक्षर भएको छ। कार्यक्रममा आइएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरु आइएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुनसक्ने बताएका छन्।
उनले आइएसओएनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरुसँग सहकार्य रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।