• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

रंगमञ्चमा समलिङ्गी प्रेम र विद्रोही जनावरहरू

64x64
नेपाल लाइभ शनिबार, मंसिर १८, २०७८  ०७:४२
1140x725

काठमाडौं– टेकुस्थित कौसी थिएटरमा यति बेला उपन्यासकार जर्ज अर्वेलका ‘जनावरहरू’ हुल बाँधेर बसेका छन्। उता बत्तीसपुतलीस्थित शिल्पी थिएटर समलिंगीको प्रेममा डुबेको छ। कोभिडपछाडि सुनसान भएका थिएटरहरू चलायमान भएका छन्।

अब थिएटरहरूमा दर्शकको भौतिक उपस्थिति फर्किएको छ। उपत्यकाका सबैजसो रंगमञ्च सक्रिय भएका छन्। कौसी थिएटरमा जर्ज अर्वेलले तत्कालीन सोभियत संघको साम्यवादी शासनलाई धज्जी उडाउन लेखेको उपन्यास ‘एनिमल फार्म’माथि आधारित नाटक मञ्चन भइरहेको छ। मंसिर १४ गतेबाट मञ्चन सुरु भएको नाटकलाई भारतीय मूलका लेखक भरत कुमारले नाट्य रुपान्तरण गरेका हुन्। नेपालीमा अनुवाद र निर्देशन आकांक्षा कार्कीले गरेकी छिन्।

नाटकमा जनावरहरू मानिसविरुद्ध विद्रोह गरिरहेका छन्। मानिस (मालिक) ले आफूहरुलाई अन्याय गरेको भन्दै एउटा बूढो सुँगुर विद्रोहको लागि विगुल फुक्न खोजिरहेको छ। मानिसहरुकै चरित्र बाँचिरहेका पशुहरुलाई स्टेजमा उतार्न मुखौटा (हेडगियर) प्रयोग गरिएका छन्।

सन् १९४५ मा लेखिएको अर्वेलको लघु उपन्यास ‘एनिमल फार्म’मा राजनीतिक व्यंग्य छ। अर्वेलले कल्पना गरेको एउटा फार्म र त्यो फार्ममा राखिएका भेडा, सुँगुर, गाईजस्ता जनावरले मान्छले जस्तै क्रान्तिका गफ र राजनीति गरिरहेका हुन्छन्।

अर्वेल आफैँले पनि उपन्यासमा सोभियत क्रान्ति र त्यहाँको ‘स्टालिन युग’लाई प्रतिबिम्बित गर्न खोजेको बताएका थिए। स्टालिनको शासनकालमा धेरै निर्दोष मान्छेहरु मारिएको आरोप थियो। त्यसैको विरोधस्वरुप उनले मानिसहरुलाई जनावरको रुपमा प्रस्तुत गरे। तर, उपन्यासमा मानवीय गुण भएका जनावरहरुमा पनि असमानता छ। जनावर पनि सत्तामा पुग्न राजनीतिक षडयन्त्र गरिरहेका हुन्छन्।

नाटकमा उपन्यासको मूल कथासँगै वर्तमान राजनीतिक परिवेशमाथि टिप्पणी गर्ने आवश्यक सन्दर्भ जोडिएका छन्। सन् १९४५ मा लेखिएको उपन्यास अहिलेको राजनीतिक परिवेशमा मेल खान्छ। जसरी जनताबाट चुनिएका नेताहरूले देशलाई संसारकै समृद्ध देश भएको (वा बनाउने) घोषणा गर्छन्, त्यसरी नै नाटकमा पनि जनावर नेताहरू आफ्नो फार्मलाई समृद्ध घोषणा गर्छन्।

अहिलेको राजनीतिक परिवेशबीच जनताबारे नसोच्ने नेता, माओवादी युद्धका बेला रगत बगाएर अहिले न्यायका लागि माइतीघरमा अनसन बसिरहेका पूर्वलडाकु, कोरोना महामारीबीच जनताले खाद्यान्न नपाउँदा सामाजिक सञ्जालमा मासु पाकाएको तस्बिर राख्नेलगायत असमान अवस्थाबारे नाटकले बोलेको छ। नाटकमा आकांक्षाको निर्देशन बयानयोग्य छ। इंगीहोपो कोइच सुनुवारले गरेको प्रकाश संयोजन गजब छ। नाटकमा समावेश दुई गीतहरुले यसलाई थप सान्दर्भिक बनाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उता शिल्पी थिएटरमा भने सन् १९९० को दशकमा पहिलो पटक अमेरिकाको न्युयोर्क शहरस्थित ‘द पब्लिक थिएटर’मा मञ्चन गरिएको नाटक ‘स्टप किस’ चलिरहेको छ। तत्कालीन अमेरिकी समाजमा थुप्रै समलिंगीहरूले आफ्नो परिचय सार्वजनिक गरेका थिए। त्यसअघि गुपचुप भएको आफ्नो पहिचानलाई ९० को दशकमा उनीहरुले खुलेआम प्रस्तुत गरे।

पुरुष र पुरुष तथा महिला र महीलाबीचको सम्बन्ध खुलेआम हुनथाल्यो। तर, समाजले त्यसलाई अस्वाभाविक मान्यो। समाजको विपक्षमा उभिनेहरुले वैचारिक रुपमा विद्रोह गरे। त्यसैको प्रतिफलको रुपमा डायना सनले ‘स्टप किस’ लेखेकी थिइन्। उक्त नाटक अहिलेसम्म धेरै देशमा मञ्चन भइसकेको छ। यो नाटकलाई शिल्पीसम्म भने लुनिभा तुलाधर र उनको टिमले ल्याएको हो। लोनिभा यो नाटककी निर्देशक हुन्।

९० को दशकमा अमेरिकी समाज जुन अवस्थामा थियो, नेपाली समाज अहिले पनि त्योभन्दा धेरै पछाडि छ। समलिंगी, तेस्रोलिंगीलगायतका यौनिक अल्पसंख्यक र सिमान्तकृत लिंगप्रति नेपाली समाजमा देखिने व्यवहार मानवीय छैन। सामाजिक सञ्जालमा सरोज तामाङहरुलाई जिस्काइने होस् वा सडकमा हिँड्दा निकिशा श्रेष्ठहरुमाथि हुने हिंसा होस्, यौनिक अल्पसंख्यकमाथि हिंसाभइरहेकै छ। त्यस्तो हिंसालाई ‘रमाइलो’ रूपमा लिने जमात ठूलो छ। 

मंसिर ९ गतेबाट शिल्पीमा मञ्चन भइरहेको नाटक २३ वर्षपछि नेपाल आइपुगेको हो। पहिलो पटक यो नाटक सन् १९९८ मा मञ्चन भएको थियो। अहिले पनि यो नाटक निकै सान्दर्भिक लाग्छ।

वास्तवमा यो नाटक यौनिक अल्पसंख्यकप्रति ‘घृणा’ जनाउने सोचमाथिको हस्तक्षेप नै हो। तीन वर्षअघि २०७५ पुसमा सागर चन्दको अनुवादमा भारतीय लेखक विजय तेन्दुलकरको नाटक ‘मित्राची गोष्ट’ प्रदर्शन भएको थियो। उक्त नाटकलाई रेनुका कार्कीले निर्देशन गरेकी थिइन्। नाटकमा समलिंगी प्रेम र प्रेम प्राप्तिको कथालाई देखाइएको थियो। त्यही साल मण्डला नाटकघरमा मञ्चन भएको ‘जिउँदो आकाश’ नाटकमा पनि लैंगिक पहिचानको विषय देखाइएको थियो। 

‘स्टप किस’ विषयवस्तुका हिसाबले नेपाली रंगमञ्चमा भइरहेका अन्य नाटकभन्दा फरक कथामा छ। नाटकमा सारा (समापिका गौतम) र केली (रञ्जना भट्टराई) बीचको प्रेम छ। संकुचित सोच र समाजबीच आफ्नै लिंगको मानिसलाई प्रेम गर्दाको प्रतिफलको रुपमा के हुन्छ भन्ने कथा नाटकमा प्रस्तुत छ। 

आफ्नो जागिरबाट बेखुस रेडियो ट्राफिक पत्रकार रहेकी केली र न्युयोर्क प्रवेश गरेकी सारा एकअर्कासँगको मित्रतालाई अर्को उचाइमा लगिरहेका हुन्छन्। एकअर्कालाई भेटेपछि नजिकिएका उनीहरु आफ्नो परिवार, प्रेमी, जागिर र आफू वरपरका वातावरणमा भुल्छन्। ‘ग्लास–मेट’ बनेका उनीहरु कतिबेला एकअर्काको प्रेममा पर्छन्, उनीहरुलाई पत्तै हुँदैन।

अमेरिकी समाजमा त्योबेला समलिंगी प्रेम वर्जित थिएन, तर स्वीकार्य हुन असहज थियो। प्रेमको उत्सव मनाइरहेका उनीहरू एकअर्कासँगको पहिलो ‘किस’का क्रममा त्यही असहज परिस्थितिको सामना गर्न पुग्छन्। उनीहरूमाथि कुटपिट हुन्छ। केली सामान्य चोटपटकबाट गुज्रिन्छिन्, सारा कोमामा पुग्छिन्। प्रेमको उत्सवले ‘उत्सव’को रुप लिन नपाउँदै उनीहरु पीडामा डुब्छन्।

त्यसपछिका घटनाहरुमा पनि आफ्नो पहिचानबारे केलीले बोल्न सक्दिनन्। जासुस कोले (सुश्रुत आचार्य)को सामुन्ने उनी आफू खुल्न सक्दिनन्, किनकि सामाजिक रुपमा उनको पहिचान र सम्बन्धलाई सहजै लिइदैन।

नाटकमा देखाइएका दृश्य र घटनाहरू नेपाली समाजसँग मेल खान्छन्। लुनिभाको निर्देशनले महिलाहिंसाको मात्र चर्चा भइरहेको बेला तेस्रोलिंगी वा यौनिक अल्पसंख्यकमाथिको हिंसाबारे पनि सोच्न बाध्य बनाउँछ। आफ्नो पहिचानका लागि संघर्षरत समुदायको कथासँगै प्रेमको फरक र वृहत आयामलाई यो नाटकमा देखाइएको छ।

‘स्टप किस’ शिल्पीमा शनिबारसम्म मञ्चन हुनेछ। ‘एमिमन फार्म’ कौसी थिएटरमा पुष ३ सम्म चल्नेछ।

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्