काठमाडौं- बालाचर्तुदशी पर्वका अवसरमा पशुपतिनाथसहित देशका विभिन्न शिवमन्दिरमा शतबीज छर्ने भक्तजनको भीड लागेको छ।
पशुपतिमा कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून संख्यामा मानिस आएको भए पनि यस वर्ष शतबीज छर्नेको बाक्लो उपस्थिति रहेको हो।
रातभर दियो बालेर जाग्राम बसी आज बिहान स्नान गरेर शतबीज छरिएको हो। १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा सतबीज छर्ने गरिन्छ।
दिवंगत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै बालाचतुर्दशीमा शतबीज छर्ने गरिन् । शतबीजमा धान, गहुँ, जौँ, हलेदो, सक्खरखण्डलगायत चिजबीज छर्ने परम्परा छ।
आजका दिन पशुपति, देवघाटधामको त्रिशूली र कालीगण्डकीको संगम वेणी लगायतमा शतबीज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।