काठमाडौं– ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा ‘थ्री बाइ थ्री’ पुरुष बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजक संघका महासचिव शरद विष्टले जनाएका छन्।
विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन्। ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ।
नेपाल बास्केटबल संघको सहयोगमा हुन लागेको प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुने छ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल शनिबार हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।