काठमाडौं- रुपन्देहीको रोहिणी गाउँपालिका-३, ढक्दैमा मंगलम् पाइप्स एन्ड फिटिङ्सको नयाँ कारखानाको स्थापना अन्तिम चरणमा पुगेको छ। उद्योगको बाहिरी निर्माण कार्य केही सम्पन्न हुन बाँकी रहे पनि उत्पादन भने निकै अघिदेखि नै सुरु भइसकेको छ। हालसम्मको नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको यस कारखानामा हरेक प्रयोजनका लागि आवश्यक पाइप्स र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भइरहेको कम्पनीले जानकारी दिएको छ।
निर्माण सामग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन् २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालको पहिलो सीपीभीसी पाइप र फिटिङ्स उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी निर्यात गर्ने कम्पनी हो।
मङ्गलम पाइप्सको पुरानो कारखाना सिद्धार्थनगर भैरहवामा रहेको छ। उत्पादन क्षमता बढाउन तथा अत्याधुनिक प्रविधिलाई नेपाल भित्र्याइ नेपाली बजारमा अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन दिने परिकल्पनाका साथ नयाँ प्लान्ट स्थापना गरिएको कम्पनीको भनाइ छ।
करिब तीन लाख वर्ग फिटसम्म फैलिएको यस उद्योगले २५० जना कर्मचारीहरुलाई दैनिक रुपमा रोजगारी प्रदान गरिरहेको छ। यो कारखानाको वार्षिक उत्पादन क्षमता १२ हजार मेट्रिक टन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।