काठमाडौं- शिवम् सिमेन्ट लिमिटेडले पोखरासहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा निर्माणकर्मीहरुसँग निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया सम्पन्न गरेको छ। कार्यक्रममा ५०० भन्दा बढी निर्माणकर्मीहरुलाई सहभागी गराइएको कम्पनीले जनाएको छ।
उक्त अवसरमा कार्यक्रममा सहभागी निर्माणकर्मीहरुलाई निर्माणसम्बन्धी प्राविधिक परामर्श तथा उनीहरुको जोखिम बहन बिमासमेत गरिएको जानकारी दिइएको छ। निर्माणकर्मीहरुका लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत् हस्तान्तरण गरिएको थियो।
स्याङ्जा, ननहुँ, लमजुङ, गोरखा, बागलुङलगायत जिल्लाका विभिन्न १० स्थानमा कार्यक्रम सम्पन्न गरेको थियो। हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सयभन्दा बढी निर्माणकर्मीहरुसँग अन्तर्क्रिया तथा उनीहरुको जोखिम बिमा सम्पन्न गरिसकेको छ।
उक्त अन्तर्क्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो।
शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माणकर्मीहरुसँग प्राविधिक अन्तर्क्रिया तथा बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।