काठमाडौं- नेपाली कांग्रेसले १६ वटा जिल्लाको अधिवेशन स्थगित गरेको छ। स्थगित गरिएका जिल्ला अधिवेशनहरु पार्टीको केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएका छन्।
केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै १६ वटा जिल्लाको अधिवेशन पार्टीको १४ औं महाधिवेशनपछि हुने जानकारी दिएको छ।
आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन्।
१४ औं महाधिवेशन अन्तर्गत प्रदेश २ का सिराह, सप्तरी, रौतहट, धनुषा, पर्सा, बारा, महोत्तरी र सर्लाही तथा कैलाली, अछाम, बाँके, चितवन, मकवानपुर, सिन्धुली, पूर्वी नवलपरासी, सिन्धुपाल्चोक गरि १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।