चिनियाँ सहायक विदेश मन्त्री हुआ चुनयिंग
काठमाडौं- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले ताइवानका बारेमा दिएको अभिव्यक्तिपछि चीन रिसाएको छ।
आवेको अभिव्यक्ति सार्वजनिक भएसँगै चिनियाँ विदेश मन्त्रालयले बेइजिङस्थित जापानी राजदूतलाई आपतकालिन बैठकमा बोलाएको छ।
बीबीसीका अनुसार बुधबार राति जापानका राजदूतसँग चीनले आपतकालिन छलफल गरेको हो।
चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, 'चिनियाँ सहायक विदेश मन्त्री हुआ चुनयिंग र जापानका राजदूत शुई हिदेओबीच भएको भेटमा आबेको बयानलाई 'गलत' र यसले चीन-जापान सन्बन्धको मापदण्डलाई उल्लंघन गरेको बताए।'
चीनको विदेश मन्त्रालयले आवेको भनाइमा भनेको छ 'चीनको सम्प्रभुताको खुलारुपमा चुनौती र ताइवानको स्तन्त्रताको कुरा गर्ने शक्तिको निर्लज्ज समर्थन हो। चीन यसको कडा विरोध गर्छ।'
यसअघि जापानका पूर्वप्रधानमन्त्री आवेले बुधबार ताइवानको एक थिंक ट्यांकको भर्चुअल फोरममा यदी चीनले ताइवानमाथि आक्रमण गरे जापान र अमेरिका चुप लागेर नबस्ने बताएका थिए। उनले ताइवानमाथि हमला जापानको सुरक्षामा गम्भीर खतरा हुने बताएका थिए।
आवेले गत वर्ष जापानी प्रधानमन्त्रीको पद छाडेका थिए। उनी सत्तारुढ लिबरल लिबरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।