काठमाडौं– खुकुरी रमको नयाँ प्याकेजिङप्रति उपभोक्ताहरु आकर्षित भएको कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परासमेत फ्युजन हुने गरी तयार पारिएको नयाँ प्याकेजिङलाई उपभोक्ताहरुले अत्यधिक रुचाएको कम्पनीको दाबी छ।
विगत ६२ वर्षदेखि नेपाली बजारमा रहेको खुकुरी रमको हालै फेरिएको नयाँ प्याकेजिङबाट उत्साहजनक प्रतिक्रिया पाएको उत्पादक नेपाल डिस्टिलरिजले बताएको छ।
नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषताहरु थपिएको कम्पनीको दाबी छ।
रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुने द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभास लामिछानेले बताए।
यस्तै, खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरुको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउँछन्।
रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने कम्पनीको भनाइ छ। स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई शतप्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वाससमेत दिलाउने कम्पनीको भनाइ छ।
नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरुको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वर्ल्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ। खुकुरी रम नेपालमा अत्यन्त रुचाइएको ब्राण्ड बनेको कम्पनीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।