काठमाडौं– उत्तर पश्चिमी नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा बालिकासहित २९ जनाको मृत्यु भएको छ। घटनामा अन्य करिब एक दर्जन हराइरहेको राष्ट्रिय उद्धारमा सम्लग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले बुधबार जानकारी गराएका छन्।
उक्त दुर्घटनामा परेको डुङ्गामा अत्यधिक भार भएको र खराब मौसमका कारण नदीमा आएको बाढीका कारण सन्तुलन गुमाएको हुनसक्ने अधिकारीहरूको प्रारम्भिक अध्ययनले देखाएको छ।
गत राति २० जना र बुधबार बिहान नौ जनालाई मृत अवस्थामा नदीबाट निकालिएको थियो।
उक्त दुर्घटनामा परी घाइते अवस्थामा रहेकासात जनालाई उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको छ।
कानो राज्यको बदाउ गाउँबाट आठ देखि १५ वर्षका अधिकांश मृतक बालबालिकाहरू धार्मिक समारोहमा सहभागी बन्न नदी पारी अर्को किनारामा रहेको सहर बाग्वईतिर जाँदै थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।