काठमाडौं- लेमन-लाइम पेयपदार्थ स्प्राइटको 'स्क्रिन टाइम प्रमोसनल अभियान' अन्तर्गत 'चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ' शीर्षकको अभियानको समापन भएको छ। समापनको अवसरमा स्प्राइटले चारजना भाग्यशाली विजेताहरुलाई एक/एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ।
बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एण्ड को प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरुममा विजेताहरुलाई मोटरसाइकल हस्तान्तरण गरे। त्यसैगरी विराटनगर, चितवन र हेटौंडाका विजेताहरुलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने सिंहले बताए।
त्यस्तै यस कार्यक्रमका बाँकी पाँच जना विजेताहरुलाई ४३ इन्चको सामसङ टीभी र २६३ जना विजेताहरुलाई सामसङ मोबाइल प्रदान गरिएको थियो। पर्सा, वीरगञ्ज, धरान, ताप्लेजुङलगायत समग्र नेपालबाट नै उल्लेखनीय सहभागिता रहेको र सोही क्षेत्रहरुबाट विजेताहरु छनोट भएकाले यो अभियान सफलतापूर्वक सम्पन्न भएको कम्पनीको भनाइ छ।
बजाज पल्सर १२५ सीसी विजेता सौगात पुलामीले भने, 'यो क्याम्पेनमा सहभागी लाखौंमा छानिएर मैले बाइक जितेकोमा खुसी लागेको छ। यो मेरो पहिलो बाइक भएकोले म यसलाई अत्यन्तै सम्हालेर राख्नेछु।'
यो अभियान सेप्टेम्बर १५ देखि नोभेम्बर ४ सम्म सञ्चालन भएको थियो। यो अभियान दिनको महत्त्वपूर्ण समयमा युवाहरुलाई रिफ्रेस हुन प्रेरित गर्ने उद्देश्यको साथ सुरु गरिएको स्प्राइटको 'क्लियर छ' क्याम्पेनको एउटा हिस्सा थियो। यो क्याम्पेनको टीभीसीमा अनमोल केसीलाई प्रस्तुत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।