काठमाडौं– चितवनमा सम्पन्न नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनले १७ वटा प्रस्ताव पारित गरेको छ।
एमालेको महाधिवेशनले सत्तारुढ गठबन्धन र सरकार जनसरोकार र लोकतान्त्रिक मूल्यमान्यताप्रति गैरजिम्मेवार बन्दै गएको ठहर गरेको छ। महाधिवेशनबाट राष्ट्रिय हित, स्वाभिमानमाथि आँच आउन नदिन, मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव पनि पारित भएको छ।
यस्तै, संक्रमणकालीन न्यायका काममा आलटाल नगर्न र द्वन्द्वका पीडितहरुलाई अविलम्ब परिपूरणको प्रबन्ध गर्न पनि महाधिवेशनले सरकार र सत्तारुढ गठबन्धनसँग माग गरेको छ।
महाधिवेशनले अदालतमा देखिएको पछिल्लो समस्यालाई सत्ता गठबन्धनका नेताहरुको स्वार्थपूर्तिका लागि न्यायालय र राजनीतिक पक्षबीच भएको सेटिङको उपज भनेको छ। महाधिवेशनले अदालतमा देखिएको समस्याका सन्दर्भमा खेद प्रस्ताव समेत पारित गरेको छ।
यस्ता छन् एमाले महाधिवेशनबाट पारित प्रस्तावहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।