काठमाडौं- एनएमबि बैंकले यस वर्षको 'बैंक अफ दि इयर २०२१-एसिया' अवार्ड पाएको छ। बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सियल टाइम्स लण्डनले एसियाकै उत्कृष्ट बैंकको रुपमा उक्त अवार्ड एनएमबिलाई प्रदान गरेको हो।
बैंकले बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर अवार्ड सार्वजनिक गरेको छ। नेपालका बैंकहरूमा पहिलोपटक एनएमबिले यो अवार्ड पाएको हो। अवार्ड बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवामार्फत् बैंकले ग्रहण गरेको थियो।
बैंकका कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले एसियाकै उत्कृष्ट बैंकको रुपमा यो अवार्ड पाउनु सबै नेपाली बैंकहरुको जित भएको बताए।
बैंकले यसअघि तीन पटक 'बैंक अफ दि इयर-नेपाल' अवार्ड पाइसकेको छ।
'पछिल्लो अवार्डले हामीलाई एसियाकै सर्वोत्कृष्ट बनाएको छ,' सीईओ केसीले भने, ‘यो अवार्डले नेपालमा पनि अन्तर्रास्ट्रियस्तरमा उत्कृष्ट सेवा दिनसक्ने बैंक छन् र हुन सक्छ्न् भन्ने पुष्टि गरेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।